आज नेप्से २.८१ अंकको गिरावट
काठमाडौं। आज (मंगलबार) सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ। गत मंगलबारपछि लगातार बढीरहेको बजारमा आज लगानीकर्ताहरूले प्रोफिट बुक गर्दा करेक्सन देखिएको हो। यो एक हप्तामा नेप्से १०५.२७ अंकले बढेको थियो । त्यसपछि आज २.८१ अंकले घट्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २.८१ अंकले घटेर २१९३.४३ विन्दुमा झरेको छ।
नेप्से ०.१३ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ०.०१ अंकले घटेर ४२१.१३ विन्दुमा झरेको छ । कूल २१७ वटा कम्पनीको ७८ लाख १३ हजार एक सय २ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७ सय ६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहबाहेक सेयर बढेको छ। बाँकी ७ वटा उपसमूहको सेयर घटेको छ।आज पनि शिवम् सिमेन्टको नै सर्वाधिक कारोबार भएको छ। कम्पनीको २९ करोड ३२ लाख २७ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
मंगलबार ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । विन्ध्याबासिनी हाइड्रोपावर, सामलिङ्ग पावर र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।यस दिन राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ। संस्थाको सेयरमूल्य ४.२४ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार २ सय ८८ रूपैयाँमा झरेको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
