पुल्चोकमा एक व्यक्ति मृत फेला
जानकारी केन्द्र
२०७९, श्रावण, १८
काठमाडौं । प्रहरीले ललितपुरस्थित पुल्चोकमा एक व्यक्ति घरभित्रै झुण्डिएको अवस्थामा फेला परेको जनाएको छ ।
मृत अवस्थामा भेटिएका ६२ वर्षका रामबहादुर क्षेत्री भारतको दार्जिलिङ घर भई ललितपुर उपमहानगरपालिका पुल्चोकमा मःम पसल चलाउँदै आएका थिए । जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसीले उनी सो अवस्थामा भेटिएको अनलाइनखबरलाई जानकारी दिएको हो ।
जिसीका अनुसार हिजोदेखि कोठामा चालचुल नभएपछि माथि बस्नेले ढोका ढक्ढक्याएको र नखोलेपछि प्रहरीलाई खबर गरेका हुन् । शव सलमा झुण्डिएको अवस्थामा भेटिएको जनाइएको छ । प्रहरीले मृत व्यक्तिको आफन्तलाई बोलाए बताएका छन् । शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिनेछ ।
मृत क्षेत्रीकी पत्नीले कोभिड-१९ भाइरसका कारण ज्यान गुमाएकी थिइन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
