एभरेष्ट बैंकको १० प्रतिशत ब्याजदरको ऋणपत्र बिक्री हुँदै
काठमाडौं । आज साउन १८ गतेदेखि एभरेष्ट बैंक लिमिटेडले सर्वसाधारणमा ६ वर्षे अवधिको वार्षिक १०.५० प्रतिशत ब्याजदर रहेको “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५” नामक ऋणपत्र बिक्री खुला गरेको छ । बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
बैंकले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका २० लाख कित्ताले हुने रू. २ अर्ब बराबरको ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले कुल कित्तामध्ये ६० प्रतिशत अर्थात १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने ४० प्रतिशत अर्थात ८ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानीकोष सहित सर्वसाधारणमा विक्री गर्नेछ । सामूहिक लगानीकोषका लागि ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र छुट्याएर बाकी ७ लाख ६० हजार कित्ता ऋणपत्र भने सार्वजनिक निष्कासनमा आएको हो ।
उक्त ऋणपत्र खरीदका लागि छिटोमा साउन २२ गते र ढिलोमा भदौ १ गतेसम्म आवेदन भर्न पाइनेछ । केयर रेटिङग नेपालले बैंकको आइपिओलाई न्यून कर्जा जोखिमको संकेत गर्ने केयर एनपी डबल ए माईनस रेटिङ्ग दिएको छ। यो रेटिङ्ग प्राप्त गर्ने संस्थालाई समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्ध्मा प्रयाप्त मात्रमा सुरक्षित मानिने गरिन्छ ।
यसैगरी, खरिदकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सेवाका लागि अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिका शाखा कार्यालयबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै, मेरो शेयर वेवसाइट र एपमार्फत खरीद गर्न सकिनेछ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
