• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ असार २०८३, मङ्गलबार
१६ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १० घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १० घण्टा 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • ११ घण्टा 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १५ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • १५ घण्टा 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • १५ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • १६ घण्टा 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • १६ घण्टा 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

  • २. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ३. अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड

  • ४. ५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने

  • ७. सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ८. प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

  • ९. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • १०. २०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

मधेश प्रदेशको प्रगतीशिल कार्यक्रमै वरिष्ठहरुको घोटाला, ८ लाई भ्रष्टाचारको आरोप

admin २०७९, श्रावण, १९

काठमाडौं । मधेश प्रदेशको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमका लागि किनेको साइकलमा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बुधबार काठमाडौंस्थित विशेष अदालतमा प्रदेश सचिव यामप्रसाद भुसालसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । मधेश प्रदेशको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियारले अनुसन्धान सुरू गरेको थियो । आरोपितहरूले साइकल किनेर ३ महिनादेखि गोदाममा राखेको भन्दै उजुरी परेको थियो । त्यसमा अनुसन्धान हुँदा मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले साइकल खरिद प्रक्रिया गर्दादेखि भुक्तानी गर्दासम्म कर्मचारीहरू र साइकल आपूर्तिकर्ताले हिनामिना गरेको देखिएको अख्तियारको ठहर छ ।

अख्तियारले प्रदेश सचिव यामप्रसाद भुसाल, सि.डि.ई. भगवान झा, सह–लेखापाल राजाराम मण्डल, भण्डाररजिन्सी शाखा प्रमुख अधिकृत बैठौराम स्वार्य महतो, भण्डार शाखाका खरिदार जितमोहनकुमार दास र एमरएस ओम सत्य सल प्रालि वीरगन्जका कार्यकारी निर्देशक रेनु अग्रवालविरूद्ध मुद्दा दायर गरेको हो । त्यस्तै, बोलपत्र मूल्यांकन समितिका पदाधिकारी तथा सदस्यहरूविरूद्ध पनि मुद्दा दायर भएको छ । समिति अध्यक्ष तथा उपसचिव दिलिपकुमार प्रधान र अधिकृत आठौं सुरेन्द्रकुमार कर्णविरूद्ध पनि मुद्दा दायर भएको छ ।

अख्तियारले सह–लेखापाल राजाराम मण्डल र सि.डि.ई. भगवान झा बोलपत्र समितिमा समेत भएको हुँदा उनीहरूविरूद्ध दुई वटा मुद्दा दायर भएको जनाएको छ । प्रदेश सचिव यामप्रसाद भुसालले साइकल किन्दा सुरूदेखि नै सावजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ र सार्वजनिक खरिद अनुगमन कार्यालयको निर्देशिका पालना नगरेको जनाइएको छ।

निर्देशिका पालना नगरी उनले अम्बिका ब्रान्डको साइकल आपूर्ति हुनुपर्नेमा सम्झौता विपरीत ब्रान्ड नखुलेको कमसल तथा गुणस्तरहीन साइकल आपूर्ति स्वीकार गरी भुक्तानी गरेका थिए । जसले गर्दा प्रदेश सरकारलाई १० करोड ३३ लाख ७५८ रूपैयाँ नोक्सानको पुष्टि भएको प्रवक्ता भण्डारीले जानकारी दिए । प्रवक्ता भण्डारीका अनुसार सि.डि.ई भगवान झा खरिद विज्ञ र बोलपत्र मूल्यांकन समितिका सदस्य पनि थिए । उनले पनि साइकल स्थानीय फर्मबाट खरिद गरी आपूर्ति गर्दा समेत साइकलको परीक्षण प्रतिवेदन बनाएनन् । बरू त्यो बिनै ठीक छ भनी भुक्तानीका लागि सिफारिस गरेका थिए ।

सह–लेखापाल राजाराम मण्डलले पनि साइकल आपूर्तिका लागि गलत मनसायले भुक्तानी दिएको जनाइएको छ । यसरी नोक्सान भएको भन्दै उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद सजाय, बिगो असुल र त्यस बमोजिमको जरिवानासमेत असुली गर्न माग गरेको छ । सि.डि.ई झाले आपूर्तिकर्तासँग खरिद सम्झौता गर्दा आफूलाई प्रत्यायोजित नै नभएको अधिकार प्रयोग गरेको देखिएको भण्डारीले जानकारी दिए ।

झाले बदनियतपूर्ण तरिकाले आफूले अधिकार नै नपाएको अधिकार पाएँ भनेर भ्रष्टाचार गरेको भन्दै थप कसुर पुष्टि भएको प्रवक्‍ता भण्डारीले बताए। अख्तियारले भण्डार शाखा प्रमुख अधिकृत महतो र भण्डार शाखाका खरिदार दासविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय र जरिवाना मागेको छ । यसैगरी, ओम सत्य साई प्रालिका कार्यकारी निर्देशक अग्रवालले पनि खरिद सम्झौता बमोजिमको साइकल आपूर्ति नगरी आफूलाई लाभ पुर्‍याएको आरोप छ ।

बोलपत्र मूल्यांकन समितिका अध्यक्ष दिलिपकुमार प्रधान, सदस्यसचिव अधिकृत आठौं सुरेन्द्रकुमार कर्ण र सदस्य सहलेखापाल राजाराम मण्डलले दोस्रो कम अंक कबोल गर्नेलाई छनौट गरी सिफारिस गरेका थिए । त्यसतै, बदनियत राखेको भन्दै उनीहरूविरूद्ध कैद सजाय र जरिवाना मागिएको भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

ताजा

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.