एनएमबि बैंकको नाफा ३ अर्ब ७० करोड पुग्यो
काठमाडौं । एनएमबि बैंकको नाफामा खुद ब्याज आम्दानीसँगै सम्भावित कर्जा नोक्सानीवापतको प्रोभिजन रकमबाट भएको राइट ब्याकले गर्दा उच्च वृद्धि भएको छ ।
बैंकले बिहीबार आ।व २०७८/०७९ मा ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ मुनाफा कमाएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आ.व २०७७/०७८ मा २ अर्ब ७१ करोड ११ लाख रुपैयाँ खुद मुनाफा कमाएको बैंकले गत आ.व.मा ३६.५३ प्रतिशतले नाफा वृद्धि गरेको हो । गत आ.व.मा खुद ब्याज आम्दानी १५.७५ प्रतिशतले बढेर ६ अर्ब ५५ करोड २२ लाख पुगेको बैंकले सम्भावित कर्जा जोखिम वापतको प्रोभिजनबाट ४८ करोड ४३ लाख राइटब्याक गरेको छ ।
बैंकले कर्जा लगानी १६.४१ प्रतिशतले विस्तार गरी १ खर्ब ७५ अर्ब ७८ करोड ८१ लाख पुर्याएको छ । त्यस्तै, निक्षेप १२.३७ प्रतिशतले बढाएर १ खर्ब ८४ अर्ब ८२ करोड ८९० लाख रुपैयाँ पुगेको छ । कर्जा बढेसँगै बैंकको कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर अर्थात स्प्रेड दर पनि बढेको देखिएको छ । जसकारण, बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ ।
बैंकको खुद सञ्चलान आम्दानी पनि ३०.६४ प्रतिशतले बढेर ९ अर्ब १८ करोड ९३ लाख पुगेको छ । यससँगै, सञ्चालन मुनाफा पनि बढेको छ । बैंकको कर्मचारी खर्च २४.४५ प्रतिशतले बढेर २ अर्ब ६० करोडमाथि पुगेको छ । खुद सञ्चालन आम्दानीमा भएको सुधारले कर्मचारी खर्च बढे पनि बैंकको सञ्चालन मुनाफा ३६.४३ प्रतिशतले बढेर ५ अर्ब २१ करोड २९ लाख रुपैयाँ पुगेको छ ।
यस्तै, बैंकले गत आ.व.मा १२.५ प्रतिशत बोनस सेयर मार्फत चुक्ता पूँजी १६ अर्ब ३१ करोड ५९ लाखबाट १८ अर्ब ३६ करोड ६७ लाख पुयाएको छ । बैंकको सञ्चित कोषमा २ अर्ब ३९ करोड २४ लाख र जगेडा कोषमा ६ अर्ब ४४ करोड ८६ लाख छ । साथै, प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७६ पैसाबाट बढेर २० रुपैयाँ १४ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ पनि १४६.६६ रुपैयाँबाट बढेर १४८.१४ रुपैयाँ रहेको छ ।
बैंकको कोषको लागत बढेसँगै बेसरेट ६.९९ प्रतिशतबाट ९.३८ प्रतिशत पुगेको छ । निष्कृय कर्जा २.२७ प्रतिशतबाट १.३३ प्रतिशतमा झरेको छ र बैंकको कर्जा–निक्षेप अनुपात ८५.५५ प्रतिशत रहेको छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
