चिनियाँ जेट विमान ताइवानको आकाशमा प्रवेश
एजेन्सी । चीनले ताइवाननजिकै दोस्रो दिनको सैन्य अभ्यास सुरु गरेको छ । यसै क्रममा चिनियाँ जेट विमान फेरि ताइवानको आकाशमा प्रवेश गरेका छन् ।
ताइवानको रक्षा मन्त्रालयको अनुसार शुक्रबार बिहान धेरै चिनियाँ लडाकु विमान र जहाजहरूले ताइवान स्ट्रेटको मध्य रेखा पार गरे। उनीहरूले जानाजानी ताइवान स्ट्रेट पार गर्न खोजिरहेका छन्। मिसाइल प्रणाली तैनाथ गरेर चीनको गतिविधिलाई निरन्तर निगरानी गरिरहेका ताइवानको रक्षा मन्त्रालयले जनाएको छ। केही विमान र जहाजलाई अनुगमनका लागि पठाएको समेत बताएको छ ।
भारतीय समाचार एजेन्सी दैनिक भाष्करको अनुसार चिनियाँ सेनाले ताइवान वरपरका ६ क्षेत्रमा यी सैन्य अभ्यासहरू गरिरहेको छ। सैन्य अभ्यासको पहिलो दिन १ सयभन्दा बढी चिनियाँ लडाकु विमानहरूले ताइवानको उत्तरी, दक्षिण–पश्चिम र दक्षिण–पूर्वी हवाई क्षेत्रमा उडान भरेका छन्।
वास्तवमा अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन र ताइवानबीचको विवाद बढेको हो । पेलोसी अगस्ट २ मा ताइवान पुगेकी थिइन् । उनी फर्कने बित्तिकै चीनले अगस्ट ४ मा ताइवाननजिकै सैन्य अभ्यास सुरु गर्यो।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
