भारतविरुद्ध श्रीलंकाको रोमाञ्चक जित
काठमाडौं । टी-२० एसिया कप सुपर फोरमा श्रीलंकाले भारतलाई पराजित गरेको छ । यूएईमा मंगलबार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटको रोमाञ्चक जित निकालेको हो । लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ ।सुपर फोरमा यसअघि श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको थियो । भारतलाई भने यो हारले फाइनल यात्रा कठिन बनेको छ ।
श्रीलंकालाई जितका लागि भारतले १७४ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम १२ बलमा २१ रन चाहिएको अवस्थामा पनि श्रीलंकाले जित निकाल्न सफल भयो । अन्तिम ६ बलमा श्रीलंकालाई ७ रन आवश्यक थियो भने तीन बलमा तीन रन नै चाहिएको थियो । यो अवस्थामा चौथो बलमा श्रीलंकाले एक रन लियो । अब २ बलमा २ रन आवश्यक रह्यो । पाँचौ बलमा श्रीलंकाले २ रन लियो र एक बल बाँकी हुँदै रोमाञ्जित जित निकाल्यो ।
श्रीलंकाको जितका लागि कुशल मेन्डिसले ५७ र पाथुम निसंका ५२ रनको अर्धसतकीय पारि खेलेका थिए । यस्तै, दासुन शनका ३३, भानुका राजपक्ष २५ रनको योगदान गरे । बलिङतर्फ भारतका युजभेन्द्र चहलले ३ विकेट र रविचन्द्रन आश्विनले एक विकेट लिए । पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । कप्तान रोहित शर्माले ७२ र सूर्यकुमार यादव ३४ रन बनाए । अन्य खेलाडीको ब्याट भने खासै चल्न सकेन । श्रीलंकाका दिलशान मदुशनकाले ३, चामिका करुणारत्ने र दासुन शनकाले २र२ विकेट लिए । महेश थिक्सनाले १ विकेट लिए।
सम्बन्धित समाचार
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
नाडामा यामाहा एक्सएसआर १५ को भव्य डेब्यु, ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’
शारदा ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोगको घोषणा
देशका धेरै ठाउँमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

