कर्मचारीलाई उच्च मनोबल दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीलाई समयसापेक्ष तलब भत्ता तथा वृत्तिविकास व्यवस्थापन गरी उच्च मनोबलयुक्त र उत्प्रेरित राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उन्नाइसौँ निजामती सेवा दिवसको अवसरमा राष्ट्रसेवक सम्पूर्ण निजामती कर्मचारीमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले मुलुकको स्थायी सरकारको रूपमा रहेको निजामती सेवाले आर्थिक, सामाजिक विकास र नागरिकहरूलाई सार्वजनिक सेवा प्रवाहमा पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको उल्लेख गरेका छन् ।
‘सरकारको सबैभन्दा नजिकको संयन्त्रको रूपमा सरकारलाई नीति र कार्यक्रमको तर्जुमादेखि कार्यान्वयनसम्मका चरणमा निजामती सेवाले महत्वपूर्ण सहयोग पुयाउँदै आएको छ । यसका लागि म सबै राष्ट्रसेवक कर्मचारीहरूलाई धन्यवाद दिन चाहन्छु’, प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उन्नाइसौँ निजामती सेवा दिवस ‘व्यावसायिक र सिर्जनशील प्रशासन स् विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ मनाउन लागिएको छ ।
विसं २०१३ साल भदौ २२ गते निजामती सेवालाई व्यवस्थित तवरबाट सञ्चालन गर्ने उद्देश्यले निजामती सेवा ऐन जारी भएको थियो । सोही दिनको स्मरणमा विगत दुई दशकदेखि भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउँदै आइएको छ । राष्ट्र सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपालको निजामती सेवाको इतिहास गौरवपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले मुलुक राजनीतिक सङ्कटको अवस्थामा रहेको समयमा समेत राज्य सञ्चालनदेखि विकास निर्माण र सेवा प्रवाह कार्यलाई निरन्तरता दिँदै मुलुकमा शान्ति सुरक्षा र सुशासन कायम गर्न निजामती प्रशासनको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राष्ट्रसेवकले निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि यस्तै सहयोग प्राप्त हुने विश्वास लिएका छन् । ‘निजामती प्रशासनले विभिन्न चुनौतीहरूका बाबजुद निरन्तर देश र जनताको सेवामा आफूलाई समर्पित गर्दै आएको छ । समयको परिवर्तनसँगै निजामती सेवालाई थप सक्षम, सबल र सुदृढ बनाउँदै सेवा प्रवाहलाई अझ चुस्त बनाउन र विकास निर्माणको कार्यलाई गति दिनुपर्ने खाँचो छ’, शुभकामना सन्देशमा उल्लेख छ ।
निजामती सेवा राष्ट्रको दर्पण भएकाले यसको सुधारविना राष्ट्रिय समृद्धिको सपना अधुरै रहने उल्लेख गर्दै उनले निजामती सेवाको समग्र सुधार र विकास नगरी मुलुकले गति लिन नसक्ने बताए । यस तथ्यलाई मनन गरी सरकारले निजामती सेवामा समसामयिक सुधार गरी सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहमा कार्यरत कर्मचारीको कार्यसम्पादनमा सुधार ल्याउन विभिन्न प्रयासहरू गरिरहेको उनले जनाएका छन् ।
राष्ट्रको समय विकास, समृद्धि र सुशासनका लागि तथा नेपाली जनताका चाहना र आवश्यकतालाई पूरा गर्नेगरी आगामी दिनमा अझ बढी उत्प्रेरित भई काम गर्न दिवसका अवसरमा प्रधानमन्त्री देउवाले सम्पूर्ण कर्मचारीहरूलाई आग्रह गरेका छन् । निजामती दिवसले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पणभावका साथ देश र जनताको सेवामा काम गर्ने उत्प्रेरणा प्रदान गरोस् भन्दै उनले दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
