काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताइन्। बुधबार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागी भइ उनले यस्तो बताएकी हन्न् । उपप्रमुख डंगोलले इन्द्रजात्रा विविधताले युक्त भएको उल्लेख गर्दै इन्द्रजात्रा देशभरको नै पर्व भएको बताउनुभयो ।
उनले इन्द्रजात्राका लागि भगिनी सम्बन्ध भएका देश र स्वदेशमा रहेका पालिकाहरुलाई बोलाइसकेको उल्लेख गर्दै बिहिबार अतिथिहरु आउने क्रम जारी रहने बताइन् ।उनले कोरोना संक्रमण पुन बढ्न थालेकोले महानगरले बोलाएका पाहुनाहरुमा कमी हुनसक्ने पनि बताउनुभयो । उले बोलाइएका पाहुनाहरु र देशबासीहरुसँग मिलेर महानगर इन्द्रजात्रा सम्पन्न गर्न सक्षम रहेको पनि बताउनुभयो ।
इन्द्रध्वजोत्थनमा सहभागी स्थानीयहरुले यस वर्ष पर्यटकलाई जात्रा हेर्न सहजीकरण हुने बताका छन् । उनीहरुका अनुसार इन्द्रजात्रामा इन्द्रजात्राका महत्वहरु उजागर गर्ने योजना रहेको पनि बताएका हुन् ।





