कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न एमालेको माग
काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल एमालेले कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न माग गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले कला प्रस्तुत गर्ने क्रममा १० दिनदेखि प्रहरी हिरासतमा रहेका कलाकार सिंहलाई रिहा गर्न माग गरेका हुन् ।
व्यंग्यात्मक कमेडीले कसै न कसैलाई असर गर्ने भए पनि कलाकारलाई पक्राउ गर्न नहुने भन्दै उनले सिंहलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
‘अपूर्व क्षितिजले कला प्रस्तुत गर्ने क्रममा, अलिकति हाँस्य प्रस्तुत गर्ने क्रममा कसैलाई मर्का पर्यो होला । कसै न कसैलाई मर्का पार्ने नै प्रस्तुती हुन्छ हाँस्यकलाकारमा,’ उनले भने, ‘हामीले देखेका छौं, शीर्षनेताहरु प्रज्ञा भवन र सभागृहमा बसेर हाँस्य कलाकारहरुको आफूमाथिको कडा व्यंग्यहरु स्वीकार गरेका छन् । अनि यसबापत नै अपूर्व क्षितिज सिंहजस्तो कलाकारलाई १०औँ दिनदेखि थुनामा राख्ने काम सरकारले गरिरहेको छ । म उहाँलाई शीघ्र रिहाइको माग गर्छु । आफ्नो प्रस्तुती हटाइसकेको र माफीसमेत मागेका छन् । यसअवस्थामा उहाँमाथि कुनै पनि अत्याचार नहोस् ।’
१२ भदौमा जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई नियन्त्रणमा लिएको छ । नेवा समुदायको आस्थामाथि चोट पु¥याउने गरी व्यंग्य गरेको भन्दै उनीविरूद्ध प्रहरीमा उजुरी परेको छ । सोहीआधारमा उनलाई पक्राउ गरेको हो ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

