• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१३ बैशाख २०८३, आइतबार
१३ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक
  • ८ घण्टा 

प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
  • ९ घण्टा 

काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक
  • १२ घण्टा 

कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध
  • १३ घण्टा 

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव : कहाँ-कहाँ हुँदैछ आज चट्याङसहितको वर्षा ?
  • १४ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

२०८३ वैशाख १४ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव : देशभरका शाखाहरूमा सामाजिक अभियानहरू संचालन
  • १ दिन 

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल”सम्पन्न : ऐतिहासिक सहभागिता र अभूतपूर्व ग्राहक संलग्नता
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपाल टेलिकमको समर अफर : के-के छन् सुबिधा ?

  • २. ईभीमा भाडा बढेको छैन, बढी असुल गरे कारबाही हुन् सक्ने

  • ३. २०८३ वैशाख १३ गते आइतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. घट्यो आज सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

  • ६. १३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो

  • ७. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

  • ८. सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागु गर्न सरकारको निर्देशन

  • ९. यस्तो छ आजको मौसम पुर्वानुमान

  • १०. कर छुट नपाए विद्यार्थी भाडा छुट रोकिने सरकारलाई यातायात व्यवसायीको चेतावनी

गाँजाको बोटबाट बनेको घरमा रिसोर्ट सञ्चालन

जानकारी केन्द्र २०७९, भाद्र, २३

काठमाडौं । गाँजाको बोटको प्रयोग गरेर निर्माण गरिएको २२ वटा कोठा भएको चार तल्ले घरमा रिसोर्ट सञ्चालन गर्न थालिएको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २, शेर्माथाङमा गोपाल लामाले निर्माण गरेको उक्त घरमा याङ्ग्रीमा इको लज सञ्चालनमा आएको हो। इटा वा ढुङ्गा प्रयोग गरेको घर भन्दा सस्तो र टिकाउ हुनुका साथै गाँजाको बोट प्रयोग गरि निर्माण गरिएको घर कार्बन न्यूनीकरणमा पनि सहयोगी हुने रिसोर्टका सञ्चालक गोपाल लामाको दाबी छ।

गाँजाका बोटले वातावरणमा भएको कार्बन सोसेर भण्डारण गर्ने भएकोले यसले वायुमण्डलमा भएको कार्बन घटाउन मद्दत गर्दछ। आगलागीबाट समेत सुरक्षीत हुने सो घरको गाँजाको बोटको भित्ताले इन्सुलेसन’को काम समेत गर्दछ। हरेक वर्ष हिउँदमा तीन फिटसम्म बाक्लो हिउँ पर्ने शेर्माथाङमा बाहिर हिउँ परिरहेको बेला समेत यो घरभित्र सामान्य कपडा लगाएर बस्न सकिने लामाको दाबी छ।

यस्ता घर बाक्लो भित्ता हुनेगरी बनाइएको र गाँजाको बोट र चुना प्रयोग गरिएको कारण यो आफैं न्यानो पनि हुने भएकोले दम, वाथजस्ता रोग लागेका मान्छेलाई समेत यो घर उपयुक्त हुने उनी बताउँछन्। त्यस्ता रोगीलाई सिमेन्ट घरको केमिकलले पनि असर गर्छ, तर गाँजाको बोटबाट बनेको घरमा कुनै रासायनिक पदार्थ नहुने भएकोले यो ज्यादै उपयोगी हुने गोपालको भनाइ छ।

चार तल्ला अग्लो उक्त घरमा शौचालय र बाथरुमबाहेक २२ कोठा रहेका छन्। घरको पिलर, बीम, ढलान, पार्टेसन र भर्‍याङ आरसिसि ९कंक्रिट० मोडलबाट बनाइएको भएपनि घरको बाहिरी भित्तामा भने गाँजाका डाँठ प्रयोग गरिएको छ। गाँजाको डाँठमा चुनाको घोल बनाई फर्मा बनाएर शेरवाल लगाए जसरी उक्त पर्खाल लगाइएको छ। सो घर निर्माणमा आवश्यक १२ टन गाँजाका डाँठ बझाङबाट ल्याइएको हो।

बझाङमा उत्पादन भएको गाँजाको बोटबाट गाँउपालिकको रोहवरमा लागुपदार्थजन्य मानिने सामग्री हटाएर त्यहीँ नष्ट गरि गाँउपालिकाले लागुपदार्थ नभएको किटानी दिएपछि सोही सिफारिसका आधारमा जनकपुरमा ल्याएर सो डाँठलाई मेसिनको सहायताबाट टुक्रा गरिएको थियो। गाँजाको डाँठका टुक्रामा घोल्ने १६ टन चुना भने भारतको जयपुरबाट ल्याइएको हो। नेपालमा पाइने चुनामा मिसावट भएको फेला परेपछि त्यसबाट सोचे जस्तो फाइदा नहुने भएको र भारतबाट राम्रो चुना झिकाइएको उनले बताए।

गाँजाको डाँठ मिसाएर बनाइएको घर सिमेन्टको भन्दा बढी टिक्ने गोपालले बताए। घरको आयु धेरै हुनुमा चुना सिमेन्टभन्दा टिकाउ हुनु पनि हो। सोही चुनाले डाँठको आयु पनि बढाउँछ। गोपालले सो घर व्यवसायिक प्रयोजनका निम्ति बनाएका हुन्। घरको तीन वटा तलामा होटल तथा लज सञ्चालन भइरहेको छ । चौथो तल्ला उनले आफ्नै प्रयोगको लागि सुरक्षीत राखेका छन्।दुई करोड पचास लाखभन्दा बढी लगानीमा बनेको घरलाई उनले व्यवसायिक रुप दिएका हुन्। पर्यटकीय क्षेत्र हेलम्बुमा जुन जुलाइ बाहेकका सबैजसो समयमा पर्यटकहरु आउने गर्दछन्। पहिले पहिले विदेशी पर्यटकले मात्रै भ्रमण गर्ने सो स्थान अहिले नेपाली पर्यटकको रोजाइमा समेत पर्न थालेको छ।

गोपालले सो घरमा सञ्चालित रिसोर्टको आम्दानी पनि सामाजिक सेवामा खर्च गर्ने गरेका छन्। सो होटलमा भएको आम्दानी हेलम्बु क्षेत्रमै शिक्षा, युवा र विपद्को क्षेत्रमा काम गरिरहेको जस्ट नेपाल फाउण्डेसन नामक गैरसरकारी संस्था मार्फत सामाजिक काममा खर्च हुने गरेको छ। कोभिड महामारीको विषम परिस्थितीमा व्यापार नहुँदै पनि रिसोर्टको नाफाबाट २ लाख ५० रुपैयाँ फाउण्डेसनलाई सहयोग गरेको गोपालले बताए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक
प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

ताजा

बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक

प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक

कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.