१ हजार विद्यार्थी र १ सय ५१ विद्यालय बस चालक कारबाहीमा
काठमाडौं । विद्यार्थी र विद्यालयका सवारी साधन चालक लक्षित ट्राफिक जाँच अभियानमा अहिलेसम्म १ हजार २ सय ३८ विद्यार्थी र विद्यालयका सवारीसाधन चलाउने १ सय ५१ चालक कारबाहीमा परेका छन् ।
निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनको सल्लाह र सुझावपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ३० देखि कारबाही शुरू गरेको हो ।
कारबाहीमा परेकामध्ये अधिकांश विद्यार्थीले चालक अनुमतिपत्र नबोकेको पाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० राजेन्द्रप्रसाद भट्टले दिएको जानकारीअनुसार कारबाहीमा परेका अधिकांश विद्यार्थीलेसवारी चालक अनुमतिपत्र नबोकिकन मोटरसाइकलक चलाएका थिए ।
प्रहरीले दुई दर्जनभन्दा बढी स्थानमा चेक प्वाइन्ट राखेर चेकजाँच गर्ने गरेका थिए । बिहान साढे ५ देखि साढे ७ बजेसम्म भएको चेकजाचमा ट्राफिक प्रहरी कार्यालयले झण्डै ५० विद्यालयका १ सय ५१ जना बस चालकलाई कारबाही गरेको प्रवक्ता एसएसपी भट्टले बताए ।
तीमध्ये ३३ जना मादक पदार्थ सेवनमा, १० जना क्षमताभन्दा बढी विद्यार्थी चढाएकोमा कारबाहीमा परेका थिए भने साइड लाइट नबलेको, पुरानो सवारीसाधन चलाएको लगायतको कसुरमा १ सय ८ गरी चालक पक्राउ परेका छन् ।
ट्राफिक प्रहरीले नियमविपरीत बस सञ्चालन गरेको आरोपमा विद्यालय सञ्चालकलाई पनि सोधपुछ गरेको छ । यसअघि खासै चोकजाँच नभएका विद्यालय बस चालक र विद्यार्थी सवार मोटरसाइकलले विकृति बढाएको सूचना पाएपछि ट्राफिक कार्यालयले कारबाही शुरू गरेको हो । एक महिनाअघि प्याब्सन र एन प्याब्सनका अधिकारीसँग भएको बैठकमा विद्यार्थीले चलाएको सवारी र विद्यालयले सञ्चालन गरेको बसको चेकजाँच गर्ने सहमति भएको थियो । नेपाल समाचारपत्र दैनिकबाट
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

