‘सुक्खा बन्दरगाह’मा भोटको राजनीति
कञ्चनपुर । जबजब चुनाव आउँछ, तबतब सुदूरपश्चिमस्थित कञ्चनपुरको ‘सुक्खा बन्दरगाह’ चर्चामा आउँछ । उसो त दोधारा–चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको चर्चा एक दशक अगावैको हो । बेलाबखतमा मुलुकको केन्द्रीय राजनीतिमा दख्खल राख्नेहरूले यो विषयलाई आफ्नो भाषणमा समेट्छन् ।
उनीहरूले ‘सुक्खा बन्दरगाह’ आफ्नो विकासे एजेन्डा भएको दाबी गर्दै जनतालाई चाँडै निर्माण थालिने समेत बताउँछन् । तर, नेताहरूले भनेजस्तो निर्माणको कार्य भने अहिलेसम्म शुरू हुनै सकेको छैन । नेताहरूले सो क्षेत्रमा पटक–पटक सम्भाव्यता अध्ययनदेखि स्थलगत अनुगमनसम्म गरेर फर्किन्छन् । तर, सुक्खा बन्दरगाह निर्माणमा अहिलेसम्म ठोस प्रगति नभएको त्यहाँका स्थानीयको गुनासो छ ।
स्थानीयका अनुसार ‘सुक्खा बन्दरगाह’ केवल नेताहरूको भोट बैंकका रूपमा मात्र सीमित बन्न पुगेको छ । स्थानीय निर्वाचन होस् या संसदीय चुनाव जहिल्यै नेताहरूले सुक्खा बन्दरगाहका नाममा भोटको राजनीति गर्ने गरेको स्थानीयको भनाइ छ ।
सरकारले हरेक वर्षको नीति तथा कार्यक्रममा दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको विषयलाई सम्बोधन गर्दै आएको छ । तर, अहिलेसम्म सम्भाव्यता अध्ययनबाहेक प्रगति भएको छैन । सम्भाव्यता अध्ययनसँगै वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको दाबी गरिए पनि यसले पूर्णतासमेत पाएको छैन ।
कञ्चनपुरमा सुक्खा बन्दरगाह निर्माण गर्ने भन्दै सुदूरपश्चिमका शीर्ष नेतालगायका पूर्व प्रधानमन्त्रीदेखि मन्त्रीसम्म पटकपटक पुगेर अनुगमन मात्रै गरेर जाने गरेको दोधारा–चाँदनीका स्थानीय धर्मसिंह विष्ट बताउन्छन् ।
नेताहरूले सुक्खा बन्दगाह मात्र होइन दैजी–छेला औद्योगिक क्षेत्र निर्माणलाई पनि भोट बैंककै रूपमा उपयोग गरिरहेको स्थानीयको गुनासो छ ।
केही समयअघि नेपालस्थित भारतीय दूतावास र इन्टरमोडल यातायात विकास समितिको संयुक्त टोलीले सुक्खा बन्दरगाह निर्माण हुने भनिएको दोधारा–चाँदनी नगरपालिका–१ को मायापुरी र गौरीशंकर सामुदायिक वनको स्थलगत निरीक्षण गरेको थियो । टोलीले जमिनको अवस्थादेखि भारतसँगको पहुँचलगायतका विषयमा जानकारी लिने काम गरेको थियो । नेपाल समाचारपत्र दैनिकबाट
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
