चीनको प्रतिस्पर्धामा नेपाली चिया
काठमाडौ । नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच) का लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएपछि स्वाद जाँचका लागि त्यता पठाउन लागेको हो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईका अनुसार सेप्टेम्बर १८–२१ सम्म चीनको बेजिङमा हुने चिया प्रतिस्पर्धा ९टी कम्पिटिसन०मा भाग लिने र नेपालको चियालाई प्रतिस्पर्धा गराउनका लागि विभिन्न १६ वटा चियाका नमुना पठाउन लागिएको हो ।
“नेपाली चियाका १६ वटा नमुना आज विहिबार पठाउन लागेका छौँ, नमुना तयार पारिसकिएको छ,” उनले भने । चीनमा यस्तो प्रतिस्पर्धा बर्सेनि हुने गरेको छ । नेपालले भने पहिलो पटक भाग लिने भएको हो ।
चीनले नेपाली चिया लिने सहमति जनाएपछि मात्र प्रतिस्पर्धामा भाग लिने कुरा तय भएको हो । प्रतिस्पर्धामा नेपालको चियाले आफ्नो पहिचान स्थापित गरेपछि चीन निर्यात गर्न झन् सजिलो हुने उनको भनाई छ ।
यो प्रतिस्पर्धामा भाग लिएपछि दुई देशका व्यापारीबीच छलफल गराउने कार्यक्रम पनि तय भएको छ तर छलफलको मिति भने तय भएको छैन । व्यापारीसँग छलफल गरिसकेपछि चीनमा नेपाली चिया प्रदर्शनी गर्ने तयारी बोर्डको छ ।
बोर्डका प्रवक्ता एवं निर्देशक डा दीपक खनालले नेपालको चिया चीन पठाउने प्रक्रिया तीव्र रूपमा अगाडि बढेको बताए । बोर्ड तथा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिबीच यस विषयमा नियमित छलफल भइरहेको छ ।
साउनको अन्तिम हप्ता परराष्ट्रमन्त्री डा नारायण खड्काले गरेको चीन भ्रमणका क्रममा समकक्षीसँग नेपालको चियाबारे आयात–निर्यातबारे सहमति भएको थियो । उक्त भ्रमणपछि काठमाडौंमा नेपाली र चिनियाँ दूतावासका अधिकारीबीच पटक–पटक छलफल भएर यसबारे धेरै पक्षमा सहमति भइसकेको छ । गोरखापत्र दैनिकबाट
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

