विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला
काठमाडौं । सर्लाही, मोरङ, सोलुखुम्बु र काठमाडौंमा ४ जना मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको बरहथवा नगरपालिका–७ टाडीस्थित सोती खोलाको नहरमा धनकौल गाउँपालका – ७ छोटल बैरिया बस्ने १५ वर्षीय शिवजी यादव बुधबार मृत अवस्थामा फेला परेका छन् । उक्त नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
त्यस्तै मोरङको रंगेली नगरपालिका – १ जमुवाडिपो बस्ने ७५ वर्षीया कृष्णमाया बस्नेत आफ्नै माछा पोखरीमा मृत अवस्थामा फेला परेकी छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका – २ स्थित सोलु खोलामा हाल पहिचान नखुलेकी महिला पनि मृत अवस्थामा फेला परेकी छिन् ।
यता, काठमाडौंको नागार्जुन नगरपालिका – ३ हलचोकस्थित हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष पनि मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
