पाठेघर शिविरबाट एक सय महिलाको स्वास्थ्य परीक्षण
काठमाडौँ । तातोपानि गाउँपालिकाले सञ्चालन गरेको पालिकाभित्रका महिलाहरूको पाठेघर शिविरबाट एक सय सात महिलाले स्वास्थ्य परीक्षण गरेका छन् ।
सो गाउँपालिकामा रहेको लिताकोट स्वास्थ्यचौकीमा पाठेघरसम्बन्धी शिविर सञ्चालन गरेको गाउँपालिका अध्यक्ष चन्दराम चौलागाईँले बताए । सर्वेदय नेपालको आयोजना, इटालियन फाउण्डेशन एफआरएल फेमि फाउण्डेशनको सहयोगमा शिविर सञ्चालन गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा रमिता चौलागाईँ नेतृत्वको टिमले पाठेघरको जाँच गरेको अध्यक्ष चौलागाईँले जानकारी दिए ।
उनले भने, “शिविरमा स्वास्थ्यकर्मी हिमाली खत्री, लक्ष्मी खत्री र साङ्मु तामाङसहितको टोलीले महिलाको पाठेघरको जाँच गरी आवश्यक औषधि र स्वास्थ्य सुझाव दिएका छन्, पाठेघरको जाँच गराउन आएका अधिकांश महिलाको सेतोपानी बग्ने, तल्लो पेट दुख्ने, रगत बग्ने र ढाड दुख्नेलगायतका समस्या देखापरेको छ ।”
सर्वेदय नेपालका निर्देशक कमलराज खत्रीले महिलाको प्रजनन स्वास्थ्यको अवस्था पहिचान गरी उपचारमा सहयोग गर्ने लक्ष्य राखी शिविर सञ्चालनमा रहेको जानकारी दिए । उनका अनुसार महिलाको पाठेघरमा विभिन्न समस्या भएकाले गाउँमै पुगेर सेवा दिन खोजिएको हो । रासस
सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
