कक्षा ११ र १२ मा पढाउने १४ हजार शिक्षकलाई स्थायी गर्न माग
काठमाडौँ । उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा ११ र १२ मा पढाउने शिक्षकहरुलाई एक पटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन माग गरेको छ। सरकारले सङ्घीय शिक्षा ऐन ल्याउन लागेका सन्दर्भमा उनीहरूले राज्यले उक्त तहमा हालसम्म पर्याप्त दरबन्दी नदिई तथा स्थायी नगराई वर्षौंदेखि कार्यरत शिक्षकलाई विभेद र पक्षपातपूर्ण व्यवहार गरेको युनियनले गुनासो गरेको छ।
सङ्घीय शिक्षा ऐन आएपछि कक्षा ९ देखि १२ सम्म माध्यमिक तहका रूपमा कानूनी मान्यता हुने भएकाले युनियन त्रसित भएको छ। युनियनका अध्यक्ष दीपकराज सुवेदीले आफूहरुको रोजगारीको सुरक्षा र सुनिश्चितताका लागि कुनै पहल नभए त्यस अवस्थामा कडा आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए।
उनले उक्त तहमा पढाउने शिक्षकलाई माध्यमिक द्वितीय तहका हुनेगरी एकपटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउनुपर्ने, प्रतिस्पर्धामा भाग लिएर असफल हुने वा भाग नलिनेका लागि सेवाबाट हटाउन नहुने तथा उचित निवृत्तिभरण हुनुपर्ने माग गरेका छन्।
हाल उक्त तहमा तीन हजार पाँच सय विद्यालय, सात लाख विद्यार्थी र करिब १४ हजार शिक्षक रहेका छन्। युनियनका पूर्वअध्यक्ष पुष्प न्यौपानेले यसअघि अर्थमन्त्री, शिक्षामन्त्री र सम्बद्ध निकायलाई ध्यानाकर्षण दिइसकेको जानकारी दिए। उनले अब सांसदहरुलाई ध्यानाकर्षण गराउने बताउँदै दोस्रो चरणमा भदौ २६ गतेदेखि ३० गतेसम्म विरोधका प्रचारात्मक कार्यक्रम गर्ने बताए।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
