Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

संसद् अधिवेशन अन्त्य नगरी अघि बढ्ने सरकारको तयारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २४
संसद् अधिवेशन अन्त्य नगरी अघि बढ्ने सरकारको तयारी

काठमाडौं । प्रतिनिधि सभाको कार्यकाल सकिन १० दिन मात्र बाँकी रहँदा सरकारले संसद्को जारी अधिवेशन अन्त्य नगरी अगाडि बढ्ने तयारी गरेको छ ।

प्रतिनिधि सभाको कार्यकाल आफैँ सकिने भएकोले अधिवेशन अन्त्यको औपचारिक घोषणा गर्न नपर्ने तर्क गर्दै सरकार अघि बढ्न लागेको स्रोतको दाबी छ ।

सरकारले अधिवेशन अन्त्य गर्ने विषयमा सभामुखसँग अहिलेसम्म कुनै छलफल गरेको छैन । सरकारले सभामुखलाई अहिलेसम्म यसबारे जानकारी नगराएपछि संसद् सचिवालयले चालु अधिवेशनमा भएगरेका कामको विवरण तयार नगरेको स्रोत​ले बतायो ।

अधिवेशन अन्त्य हुने दिन सभामुखले चालु अधिवेशनमा भए गरेका कामको विवरण सुनाउने प्रचलन छ । नागरिक दैनिकबाट

Top Changing Nepal

युट्युब सट्स