नक्कली नागरिकता र प्रवेशपत्र बनाई अन्य व्यक्तिको ट्रायल दिने पाँच जना पक्राउ
काठमाडौं । मध्यपुर ठिमी नगरपलिका-५ राधे राधेस्थित ईजी वे ट्रायल सेन्टरमा नक्कली नगारिकता र प्रवेश पत्र बनाई अन्य ब्यक्तिहरुको ट्रायल दिने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-११ टाँडी ठेगाना भएका काठमाडौं चाबहिल बस्ने २० वर्षीय मनिष श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका-४ ठेगाना भएका काठमाडौं तिनकुने बस्ने २० वर्षीय मनिष लामिछाने, कालिकोट महाबई गाउँपालिका-१ ठेगाना भई भक्तपुर कटुञ्जे बस्ने २४ वर्षीय ईन्द्र बहादुर शाही, सिन्धुली दुधौली नगरपालिका-१४ ठेगाना भएका २१ वर्षीय टुल्कु सिं तामाङ र गोरखा भिमसेनस्थान गाउँपालिका-१ ठेगाना भएका २२ वर्षीय राज कुमार श्रीमल रहेका छन् ।
प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई नक्कली नागरिकताहरु, पासपोर्ट, प्रबेश पत्रहरु, बिभिन्न रसिद, ल्यापटप, नक्कली नागरिकता बनाउन प्रयोग गरिने कागजात र मोबाइल सहित पक्राउ गरेको हो । उनीहरू उपर लिखत सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
