Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

निर्वाचनको कार्यतालिका सार्वजनिक, कोजाग्रत पूर्णिमाको दिन उम्मेदवारी दर्ता

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २४
निर्वाचनको कार्यतालिका सार्वजनिक, कोजाग्रत पूर्णिमाको दिन उम्मेदवारी दर्ता

काठमाडौं । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हिजो निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रम अनुसार असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवम् उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने गरी तोकिएको छ।

यी सबै निर्वाचन कार्यक्रमहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सञ्चालन हुनेछन् र कार्यक्रम सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइटमा प्रकाशन गरिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स