पूर्वराजा शाहद्वारा महारानी एलिजाबेथको निधनप्रति दुस्ख व्यक्त
काठमाडौं । पूर्वराजा ज्ञानेन्द वीरविक्रम शाहले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुस्ख व्यक्त गरेका छन्। शाहले महारानी एलिजाबेथको नेपालको राजकीय भ्रमण र उनीसँग जोडिएका आफ्ना अनुभव अभिव्यक गर्दै शालिन र उच्च राजकीय भूमिका निर्वाह गर्नसक्ने रानी गुमाएको भन्दै दुस्ख व्यक्त गरेका हुन्।
शुक्रबार निर्वालनिवासले शोक सन्देश जारी गर्दै नेपालप्रति महारानीको सधै अघाद आत्मिएता भएको उल्लेख गर्दै उनी प्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवार,बेलायत सरकार र बेलायती जनताप्रति हार्दिक समवेदन प्रकट गरेका छन्।
शोक सन्देशमा लेखिएको छ,’ सयुक्त अधिराज्यकी महारानी एलिजाबेथको निधनको खबर सुनेर हामीलाई दुस्ख लागेको छ। स्वर्गीय महारानी राजगददीमा ७ दशक अवधि विराज भएर उहाँले शालीन र उच्च राजकीय मूल्य निर्वाह गरिवक्सेको कुरा सदा स्मरणीय छ। साथै नेपाल प्रति उहाँको अगाध आत्मीयता पनि सदा उल्लेख्य छ। नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दिभन्दा बढी समयदेखि स्थापित भएको दौत्य सम्बन्धको स्मरण गर्दै विभिन्न भ्रमणका अवसरमा स्वर्गीय महारानीसंगको भेट वार्तालाई गहनतम प्राथमिकता दिएका छौँ। उहाँ प्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त राजपरिवार बेलायती सरकार एबम बेलायती जनता प्रति हार्दिक समवेदना प्रकट गर्दछौँ।’
महारानी एलिजाबेथले सन् १९६१ तत्कालिन राजा महेन्दको निमन्त्रणामा र १९८६ मा वीरेन्द्रको पालामा नेपालको महत्वपूर्ण राजकीय भ्रमण गरेकी थिइन्।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?