नाबालिका बलात्कार मुद्दाका आरोपित दोषी ठहर
काठमाडौँ । जिल्ला अदालतले तीन वर्षदेखि विचाराधीन नाबालिक बलात्कारको मुद्दा किनारा लगाएको छ । बलात्कृत भएकी बालिकाको मुद्दामा आरोपितलाई कसुरदार ठह¥याउँदै मुद्दा किनारा लगाइएको हो । सजाय भने अझै निर्धारण गर्न बाँकी रहेको छ ।
सजाय निर्धारणका लागि यही भदौ २७ गते पेसी तोकिएको जिल्ला अदालतले जनाएको छ । विसं २०७६ वैशाख १५ मा क्षिरेश्वर नगरपालिका–५ महेन्द्रनगरका राजकुमार साहले छिमेकी १४ र १२ वर्षे नाबालिकालाई बेहोस बनाएर बलात्कार गरेका थिए । भदौ २० गते न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले आरोपित साह दोषी रहेको ठहर गरेको छ ।
घटनाको एक महिनापछि १० जेठमा जिल्ला अदालतले आरोपितलाई थुनामा राख्न आदेश दिएको थियो । थुनामा पठाइसकेपछि २८ असोजमा यो मुद्दा पहिलोपटक अदालतमा पेसी चढेको थियो । पेसी चढेको पहिलो दिनको सुनुवाइ स्थागित भयो । त्यसयता २८ पटक यो मुद्दा पेसीमा चढ्यो ।
बलात्कारको मुद्दालाई प्राथमिकतामा राखेर सुनुवाइ गर्नुपर्ने भए पनि यो मुद्दाको हकमा भने त्यसो भएन । मुद्दा दर्ताको चरणदेखि नै पीडित परिवारले कष्ट खेप्नुपर्यो । पीडित बालिकाका बुबाले भन्नुभयो, “गाउँमा आन्दोलन गरेर स्कुल बन्द गरेपछि मात्र मुद्दा दर्ता भएको थियो ।”
अहिले अदालतले आरोपीलाई दोषी ठहर गरेपछि पीडितका बुबाले भने, “ढिला भए पनि अब अपराधीले सजाय पाउने भयो खुसी लागेको छ ।” कक्षा ६ मा पढ्ने पीडित बालिकाले घटनापछि स्कुल जान छाडेका थिए । उनीहरु बुबासँग काठमाडौँमा बसिरहेका थिए । पीडितका बुबा काठमाडौँमा नाइ ९हजाम०को काम गर्छन् । बुबाले तीन वर्षसम्म रोकिएको बालिकाको पढाइ अब पुनः सञ्चालन गराउने सोचमा पुगेको बताए । रासस
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
