सिकलसेलका बिरामीका लागि छुट्टै अस्पताल
काठमाडौँ । सिकलसेलका बिरामीलाई लक्षित गरी बाँकेको जानकी गाउँपालिका–३ मा सिकलसेल सामुदायिक अस्पताल निर्माण हुने भएको छ ।
पश्चिम तराईका थारु जातिमा देखिएको सिकलसेल रोगका बिरामीलाई सेवा दिन बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ र सुर्खेतका थारु स्वास्थ्यकर्मीको अगुवाइमा सिकलसेल अस्पतालको निर्माण कार्य सुरु भएको हो । सिकलसेलका बिरामीलाई लक्षित गरी जानकी गाउँपालिका–३, नहरपूर्वामा सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउन लागिएको थारु स्वास्थ्यकर्मी समाजका अध्यक्ष जीवराज चौधरीले जानकारी दिए ।
उनका अनुसार सात बिघा जमिनमध्ये १० कट्ठामा अस्पताल र अन्यमा सिभिल होमलगायत पार्किङस्थल, खेल मैदान र बगैँचा निर्माण गरिने छ । बाँकेको राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा सिकलसेलको परीक्षण र उपचार भइरहेको छ । रगत जाँच गरिएकामध्ये १० देखि १५ प्रतिशतमा सिकलेसलका बिरामी फेला परेका छन् । छ जिल्लाका १० लाख थारु समुदायमध्ये एक लाख सिकलसेलका बिरामी रहेका छन् । त्यसमध्ये बाँकेमा एक हजारले उपचार गराइरहेको थारु स्वास्थ्यकर्मी समाजका अध्यक्ष चौधरीले बताए ।
अहिले यस क्षेत्रमा सिकलसेलका बिरामी दैनिक बढिरहेका छन् । उनीहरुले उचित उपचार पाउन नसकेकाले थारु समुदायका गरिब बिरामीलाई समेत सहजरुपमा उपचार सेवा दिन अस्पताल निर्माण सुरु गरिएको उनको भनाइ छ । अस्पतालको बिहीबार सहरी विकासमन्त्री मेटमणि चौधरीले शिलन्यास गर्दै अस्पताल निर्माणका लागि सहरी विकास मन्त्रालयले बजेटको व्यवस्था गर्ने बताएका छन् । रासस
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
