जिल्ला दौडाहामा शीर्ष नेता
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेता जिल्ला दौडाहा सुरु भएको छ । जिल्ला पुगेर उनीहरू चुनावी कार्यक्रममा सहभागी हँुदै आफ्ना दलबाट उम्मेदवार हुने नेतालाई विजयी बनाउने रणनीति बनाउन थालेका छन् ।
४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा हुँदै छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ । नेपालीहरूको महानपर्व दसैं, दीपावली, छठ पर्व सकिएलगतै हुने निर्वाचनका लागि मतदाता रिझाउन राजनीतिक दलका नेता यतिबेला जिल्ला पुग्न थालेका हुन् ।
विभिन्न पार्टीका शीर्ष नेता जिल्लास्थित चुनावी बैठक, सभा, प्रशिक्षणलगायतका कार्यक्रममा सहभागी भइरहेका छन् । उम्मेदवारका आकांक्षी जनताबीच पुग्ने तथा उनीहरूसँग नजिक हँुदै रिझाउने काममा लागेका छन् । पार्टीका शीर्ष नेताहरू चुनावी कार्यक्रममा सहभागी हुने, विभिन्न पार्टीका असन्तुष्ट नेतालाई पार्टीमा भित्र्याउने र विपक्षी दलका नेताहरूको आलोचना गर्नमा व्यस्त भएको देखिन्छ ।
नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष गत साता झापा, मोरङ, सुनसरीसहितका जिल्लामा पुगेर चुनावी कार्यक्रममा सहभागी भए । ती जिल्लाको कार्यक्रममा सहभागी भएका अध्यक्ष ओलीले विपक्षी पाँच दलीय गठबन्धनको चर्को आलोचना गर्नुका साथै एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रहसमेत गरेका छन् ।
काठमाडौं फर्किसकेका ओली अहिले उम्मेदवारको अन्तिम नामावली टुंगो लगाउने तथा घोषणापत्रलाई अन्तिम रूप दिने आन्तरिक गृहकार्यमा जुटेका छन् ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा अरू नेताजस्तो जिल्लाको कार्यक्रममा पुग्न सकेका छैनन् । देउवा काठमाडौंकै विभिन्न बैठक तथा कार्यक्रममा व्यस्त रहेका छन् ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री देउवा पाँच दलीय गठबन्धनको बैठक र सरकारको काममा काठमाडौंमै रहेको बताए । निर्वाचन केन्द्रित कार्यक्रम पार्टीले सञ्चालन गरिरहेको बताउँदै उनले जिल्लामा केन्द्रीय सदस्यलाई परिचालन गरिएको बताए ।
कांग्रेसले तीन चरणको चुनावी अभियान घोषणा गर्दै जिल्ला तथा पालिकामा पुगिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेर काठमाडौं फर्किएका छन् । प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार सातै प्रदेशमा हालै प्रशिक्षण, भेला, बैठक सम्पन्न भएका छन् । ती सबै कार्यक्रममा अध्यक्ष प्रचण्ड पुगेका छन् ।
३० भदौमा जनकपुरमा मधेस प्रदेशको बैठकमा प्रचण्ड सहभागी हुँदै छन् । त्यहाँ उनले चुनावी रणनीति, उम्मेदवार, सो प्रदेशमा पार्टीको अवस्थालगायतबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।
नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल गत साता रौतहट, बारा, कपिलवस्तुलगायतका जिल्लामा पुगेका छन् । ती जिल्लाको भेला, बैठक, प्रशिक्षणलगायतका कार्यक्रममा सहभागी भएका छन् । राजधानी दैनिकबाट
सम्बन्धित समाचार
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
पाकिस्तान, टर्की र साउदीबिच ऐतिहासिक रक्षा सम्झौता
हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

