• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • ६ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • ७ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ७ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ८ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ८ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १ दिन 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १ दिन 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

लोकप्रिय समाचार

  • १. भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

  • २. मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

  • ३. ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

  • ४. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • ५. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

  • ६. एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन

  • ७. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ८. २०८३ असार १६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • १०. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वतीको ९९ वर्षको उमेरमा निधन

जानकारी केन्द्र २०७९, भाद्र, २७

एजेन्सी । , बद्रीनाथ र शारदा पीठ, द्वारकाका शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वतीको ९९ वर्षको उमेरमा आइतबार निधन भएको छ। मध्यप्रदेशको नरसिंहपुर जिल्लाको झोटेश्वरस्थित परमहंसी गंगा आश्रममा हृदयाघातका कारण दिउँसो ३ः५० बजे उनको निधन भएको हो। स्वरूपानन्द सरस्वतीलाई विश्वभरका हिन्दूहरूको सबैभन्दा ठूलो धर्म गुरु मानिन्थ्यो।

लामो समयदेखि बिरामी शंकराचार्य बैंगलोरमा उपचार गरेर भर्खरै आश्रम फर्किएका थिए। शंकराचार्यका शिष्य ब्रह्म विद्यानन्दका अनुसार स्वामी स्वरूपानन्द सरस्वतीलाई सोमबार साँझ ५ बजेतिर परमहंसी गंगा आश्रममा समाधि दिइनेछ। भारतीय स्वतन्त्रता संग्राममा सहभागी भए वापत स्वामी शंकराचार्य जेल पनि गएका थिए।

स्वामी स्वरूपानन्द सरस्वतीको जन्म मध्य–प्रदेशको सिवनी जिल्लाको दिघोरी गाउँमा ब्राह्मण परिवारमा भएको थियो। बाल्यकालमा उनको नाम पोथीराम उपाध्याय थियो। ९ वर्षको उमेरमा उनले घर छोडेर धर्मको यात्रा सुरु गरेका थिए। यसै क्रममा उनी काशी पुगे र त्यहाँ उनले ब्रह्मलिन श्री स्वामी कर्पात्री महाराजबाट वेद–वेदांग, शास्त्रको शिक्षा लिए।

सन् १९४२ मा ‘भारत छोडो’ आन्दोलन घोषणा भएपछि स्वामी स्वरूपानन्द पनि आन्दोलनमा सामेल भएका थिए। १९ वर्षको उमेरमा उनी क्रान्तिकारी भिक्षुका रूपमा प्रसिद्ध भए। उनी वाराणसीमा ९ महिना र मध्य प्रदेशको जेलमा ६ महिना जेलमा पनि परे।

सन् १९५० मा स्वामी स्वरूपानन्दलाई दण्डी सन्यासी बनाइयो। ज्योतिरमठ पीठका ब्रह्मलिन शंकराचार्यले स्वामी ब्रह्मानन्द सरस्वतीबाट दण्ड सन्यासको दीक्षा लिए र त्यसपछि उनी स्वामी स्वरूपानन्द सरस्वती भनेर चिनिन थाले। उनले सन् १९८१ मा शंकराचार्यको उपाधि प्राप्त गरेका थिए । उनले अयोध्यामा राम मन्दिर बनाउनुपर्ने पक्षमा पनि लामो कानुनी लडाइ लडे।

रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टमा वासुदेवानन्द सरस्वतीलाई स्थान दिएकोमा ज्योतिर्मथ पिठका शंकराचार्य स्वरूपानन्द सरस्वतीले आपत्ति जनाएका थिए। सर्वोच्च अदालतले आफ्ना चारवटा फैसलामा वासुदेवानन्द सरस्वतीलाई शंकराचार्य र सन्यासी दुवै नमानेकाले ज्योतिर्मथ पिठको शंकराचार्यका हिसाबले त्यसमा आफू हुनुपर्ने उनको भनाई थियो।

शंकराचार्य स्वरूपानन्द सरस्वतीको निधनमा मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले ट्वीट गर्दै भनेका छन् –‘शारदा पीठका शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वती सनातन धर्मका श्लोक पुरुष र सन्यास परम्पराका सूर्य थिए।’ उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि स्वामी स्वरूपानन्द सरस्वतीको निधनले सन्त समाजमा अपूरणीय क्षति भएको प्रतिक्रिया दिएका छन्।

त्यस्तै भारतीय राष्ट्रिय कंग्रेसकी नेतृ प्रियंका गान्धीले शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वतीको निधनमा दुःख व्यक्त गर्दै ‘स्वामीले आफ्नो सम्पूर्ण जीवन धर्म, अध्यात्म र परोपकारका लागि समर्पित गरेको’ स्मरण गरेकी छन्।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

ताजा

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.