५४ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५४ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४४औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । सोही कार्यालयमा सोमबार आयोजित तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले ट्राफिक प्रहरीले कानुन संम्मत ढंगले संयमित, धर्यवान र कर्तव्यनिष्ठ भएर तालिममा प्राप्त गरेको ज्ञान सिपलाई व्यवहारमा उतारी ट्राफिक व्यवस्थापनमा आफ्नो उत्कृष्ट योगदान दिनुपर्ने बताउनुभयो।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत साउन ३ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार ११ जना र प्रहरी जवान ३९ जना गरी जम्मा ५४ जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम हासिल गरेको जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
