Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

भुवन केसीको नियुक्ती खारेजी बारे मुद्दाको आजपनि सुनुवाई हुन सकेन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २७
भुवन केसीको नियुक्ती खारेजी बारे मुद्दाको आजपनि सुनुवाई हुन सकेन

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा आजपनि सुनुवाई भएन ।

उक्त मुद्दाको सुनुवाई आज हुने भनिएको थियो । तर, अदालतले उक्त मुद्दा हेर्न नभ्याईनेमा राखेको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासमा सुनुवाई हुने भनिएको मुद्दा आज हेर्न नभ्याईनेमा राखिएको छ ।

Top Changing Nepal

युट्युब सट्स