कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
जानकारी केन्द्र
२०७९, भाद्र, २७
काठमाडौं । सप्तरीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान करिब साढे ८ बजे शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००२ प ३९९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बोदेबर्साइन नगरपालिका–२ की ४५ वर्षीया अञ्जनादेवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
कुकुरलाई बच्चाउने क्रममा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा ४८ वर्षीय मोहन कुमार यादवलाई केही नभए पनि मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमतीको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
