कंगारुको हमलामा अस्ट्रेलियामा एक वृद्धको मृत्यु
काठमाडौँ । कंगारुको हमलामा अस्ट्रेयिलयामा एक ७७ वर्षीय वृद्धको मृत्यु भएको छ । ती व्यक्तिले कंगारुलाई आफूले पाल्दै आएका थिए । पहिचान नभएको व्यक्तिलाई आइतबार दिउँसो आफन्तले पश्चिमी अस्ट्रेलियाको थोरै जनसंख्या भएको दक्षिणी सहर रेडमन्डको एउटा घरमा गम्भीर घाइते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । कंगारुले अस्ट्रेलियाली इतिहासमा ८६ वर्षपछि पहिलो पटक आक्रमण गरेको बताइएको छ ।
ती व्यक्तिलाई एक बिहानै कंगारुले आक्रमण गरेको बताइएको छ । उनको घरमा एम्बुलेन्सका कर्मचारी पुग्दा ती व्यक्तिको मृत्यु भइसकेको थियो । प्रहरीले कंगारुलाई गोली हानेर मारिदिएको थियो ।
कंगारुलाई मानिसले पाल्तु जनावरको रूपमा राखेको हुन सक्ने अनुमान गरिएको छ । कंगारुको प्रजाति पहिचान नभए पनि पश्चिमी अस्ट्रेलियाको ‘ग्रेट साउर्दन’ क्षेत्रको भएको बताइएको छ ।२ दशमलब २ मिटर अग्लो कंगारुको तौल ७० किलोसम्म हुने गर्छ । अस्ट्रेलियाली सञ्चार माध्यमहरूका अनुसार यसअघि सन् १९३६ मा कंगारुको हमलामा मानिसको मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
