निर्यातमा चीन १६ औं स्थानमा
काठमाडौं । नेपालको वैदेशिक व्यापारमा उत्तरी छिमेकी चीनको उपस्थिति एकपक्षीय देखिएको छ। आयात व्यापारमा चीन भारतपछि दोस्रो स्थानमा रहे पनि नेपालको निर्यात व्यापारमा चीन संसारका १५ मुलुकभन्दा पछि रहेको छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आवको पहिलो महिनामा चीनबाट नेपालले १८ अर्व ७७ करोड रुपैयाँ मूल्य बराबरका सामग्री आयात गरे पनि निकासी भने १करोड २५ लाख रुपैयाँ बरावरको मात्र गरेको छ।
यसरी चीनसँग नेपालको व्यापारघाटा १८ अर्ब ७० करोड २६ लाख रुपैयाँ बराबर रहेको छ। केन्द्रका अनुसार नेपालले चीनभन्दा बढी सामग्री निर्यात भारत, अमेरिकासहित १५ मुलुकसँग गरेको छ।
जर्मनी, बेलायत, जापान, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, इटाली, टर्की, डेनमार्क, नेदरल्याण्ड, कम्बोडिया लगायतका मुलुकमा नेपाली वस्तुको निकासी चीनमा भन्दा बढी रहेको छ।
आयात व्यापारमा भने नेपालले भारत र चीनपछि इन्डोनेसिया, अर्जेन्टिना, बेल्जियम, यूएई, अमेरिका, ओमान, अष्ट्रेलिया, भियतनाम, सिंगापुर युक्रेन लगायतका मुलुकबाट सबैभन्दा बढी आयात गरेको तथ्यांक छ।
विभागका कार्यकारी निर्देशक शरदविक्रम राणाले चीनसँग निर्यात व्यापार खस्कदै जानु चिन्ताजनक भएको बताए । कारोबार दैनिकबाट
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
