निर्यातमा चीन १६ औं स्थानमा
काठमाडौं । नेपालको वैदेशिक व्यापारमा उत्तरी छिमेकी चीनको उपस्थिति एकपक्षीय देखिएको छ। आयात व्यापारमा चीन भारतपछि दोस्रो स्थानमा रहे पनि नेपालको निर्यात व्यापारमा चीन संसारका १५ मुलुकभन्दा पछि रहेको छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आवको पहिलो महिनामा चीनबाट नेपालले १८ अर्व ७७ करोड रुपैयाँ मूल्य बराबरका सामग्री आयात गरे पनि निकासी भने १करोड २५ लाख रुपैयाँ बरावरको मात्र गरेको छ।
यसरी चीनसँग नेपालको व्यापारघाटा १८ अर्ब ७० करोड २६ लाख रुपैयाँ बराबर रहेको छ। केन्द्रका अनुसार नेपालले चीनभन्दा बढी सामग्री निर्यात भारत, अमेरिकासहित १५ मुलुकसँग गरेको छ।
जर्मनी, बेलायत, जापान, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, इटाली, टर्की, डेनमार्क, नेदरल्याण्ड, कम्बोडिया लगायतका मुलुकमा नेपाली वस्तुको निकासी चीनमा भन्दा बढी रहेको छ।
आयात व्यापारमा भने नेपालले भारत र चीनपछि इन्डोनेसिया, अर्जेन्टिना, बेल्जियम, यूएई, अमेरिका, ओमान, अष्ट्रेलिया, भियतनाम, सिंगापुर युक्रेन लगायतका मुलुकबाट सबैभन्दा बढी आयात गरेको तथ्यांक छ।
विभागका कार्यकारी निर्देशक शरदविक्रम राणाले चीनसँग निर्यात व्यापार खस्कदै जानु चिन्ताजनक भएको बताए । कारोबार दैनिकबाट
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

