वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओमा १० प्रतिशत कोटा पाउने नियमावली बन्यो
जानकारी केन्द्र
२०७९, भाद्र, २८
काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओमा १० प्रतिशत कोटा पाउने नियमावली बनेको छ। नेपाल धितोपत्र बोर्डद्वारा सोमबार जारी नियमावलीमा वैदेशिक रोजगारीमा जाने नेपालीलाई साधारण सेयर आईपीओ मा कोटाको व्यवस्था गर्ने विषय समेटिएको छ। बोर्डले धितोपत्र दर्ता तथा निष्काशन (छैठौं संशोधन) नियमावली, २०७९ जारी गरेको हो।
जसअनुसार संगठित संस्थाद्वारा जारी गर्ने आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत छुट्याउनु पर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले यस्तो कोटामा आवेदन दिँदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति लिएको बैंक वा वित्तीय संस्था तथा रेमिट्यान्स बचत खातामार्फत् मात्र भुक्तानी गर्न पाउने छन्।
यस्तो कोटामा आवेदन नपरेमा कम्पनीहरूले यस्तो सेयर सर्वसाधारण समूहमै थप गरी जारी गर्नुपर्नेछ।

सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
