• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ फागुन २०८२, मङ्गलबार
१२ फागुन २०८२, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला

२०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला

निर्वाचन आयोगद्धारा शिक्षक र स्वास्थ्यकर्मीलाई आतारसंहिता पालना गर्न कडा चेतावनी

सुनको मूल्य तोलामा एक हजार तीन सय रूपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बसन्तपुरमा रङ्गीचङ्गी चीर ठड्याएर सुरु भयो आजदेखि होली पर्व

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

  • ३. धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

  • ४. अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

  • ५. दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

  • ६. २०८२ फागुन ०७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ फागुन १२ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. २०८२ फागुन १० गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. निर्वाचन केन्द्रित ३ दिन बिदा दिने सरकारको निर्णय,लगातार ७ दिन बिदा हुने

  • १०. मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण

त्रिशूली थ्री बीको थप शेयरबापतको रकम आगामी असोजदेखि सङ्कलन गरिने

काठमाडौँ । रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको शेयरबापतको बाँकी रकम आगामी ४ असोजबाट सङ्कलन गर्ने भएको छ । रकम बुझाउने अन्तिम मिति आगामी १७ कात्तिकसम्मका लागि तोकिएको छ ।

‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) शेयर निष्कासन गरी प्रतिसेयर रु एक सय अङ्कित मूल्यको न्यूनतम १० प्रतिशतले हुने रु १० मात्र सङ्कलन गरेको थियो ।

कम्पनीको शेयर बाँडफाँटमा शेयर पाई प्रतिकित्ता रु १० बुझाएका जम्मा रु एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण शेयरधनीले प्रतिकित्ता बाँकी रु ९० बुझाउनुपर्नेछ । साविकका सर्वसाधारण शेयरधनीबाट अङ्कित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी रु ९० को दरले रु ३३ करोड ३४ लाख ५० हजार सङ्कलन गरिने कम्पनीका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले बताए ।

रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ मा वार्षिक आठ प्रतिशत ब्याज दिनुपर्ने प्रावधानबमोजिम शेयरधनीले प्रतिकित्ता रु तीन ब्याज प्राप्त गर्ने हुँदा हाल प्रतिकित्ता रु ८७ मात्र जम्मा गरे हुनेछ ।

आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत शेयरधनीले रकम बुझाउन÷आवेदन दिन सक्नेछन् ।

शेयरधनीले यसरी रकम भुक्तानी गर्दा आस्वा शुल्कसमेत तिर्नुपर्ने छैन । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ अनुसार सेयरवापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका शेयरधनीले लिन कबुल गरेको शेयरबापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नुपर्ने व्यवस्था छ ।

“कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकाले साविका शेयरधनीले चुक्ता गर्न बाँकी रु ९० सङ्कलनका लागि आह्वान गरेका हौँ”, प्रबन्ध–सञ्चालक गौतमले भने । आयोजनाका प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३० र ३० प्रतिशत संस्थापक सेयर छ।

कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत सेयर रहने छ ।

आयोजनाको कूल अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक रु सात अर्ब ४४ करोड ५६ लाख ४८ हजार छ । निर्माण अवधिको ब्याज रु ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कूल लागत रु आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार पुग्ने अनुमान गरिएको ।

निर्माण अवधिको ब्याजबाहेकको आयोजनाको अनुमानित निर्माण लागत रु सात अर्ब ४४ करोड मध्ये ३० प्रतिशत इक्विटी (रु दुई अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (रु पाँच अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।

आयोजनाको निर्माण फागुन २०७७ मा सम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढाइएको थियो तर, नयाँ वर्ष मनाउन माघ २०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ का कारण फर्कन नसक्दा र लामो समयसम्म रसुवागढी नाका बन्द हुँदा चीनबाट निर्माण सामग्री तथा उपकरण ल्याउन नसकिएकाले पूर्णरूपमा भइरहेको आयोजना निर्माण करिब १५ महिना ठप्प प्रायः भएको थियो ।

आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुनः सुरु भएकोमा कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता काम पुनः प्रभावित भएको थियो । साथै, मुख्य सुरुङमा पूर्वानुमान गरिएभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण आयोजनाको निर्माण प्रभावित भएको थियो । चिनियाँ ठेकेदार कम्पनी सुइफा आने ग्रुप कम्पनी, लिमिटेडले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युत्गृहलगायतका मुख्य संरचना निर्माण गरिरहेको छ ।

इन्जिनियरिङ, खरिद तथा निर्माण इपिसी  मोडेलमा आयोजना निर्माणका लागि ठेकेदार कम्पनीसँग २९ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल तर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नेछ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली ३ बीले बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर)लगायतका संरचना बनाउनु पर्ने छैन ।

माथिल्लो त्रिशूली ३ एको विद्युत्गृहबाट विद्युत् उत्पादनपश्चात् निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । समग्र निर्माण प्रगति ६५ प्रतिशत रहेको आयोजनाको काम २०८० को असोजभित्रमा सक्ने लक्ष्य राखिएको छ ।

आयोजनाबाट सुक्खायाममा  मङ्सिर १६ देखि जेठ १५ सम्म १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा  जेठ १६ देखि मङ्सिर १५ सम्म  १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ ।

उत्पादित विद्युत् हाल सञ्चालनमा रहेको समुन्द्रटार–त्रिशूली ३ बी हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला
युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग
नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला

लोकप्रिय

२०८२ फागुन ०८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

यसकारण कम्तिमा ८ घन्टा सुत्न जरूरी छ, नत्र देखिने छन् यस्ता रोगहरू

धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

अस्वस्थताका कारण बालेन काठमाडौँ फिर्ता,दाङको कार्यक्रम स्थगीत

दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी

ताजा

छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला

२०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग

नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला
  • २०८२ फागुन १३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
  • युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाको उपचारमा पाँच लाख सहयोग
  • नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला
  • निर्वाचन आयोगद्धारा शिक्षक र स्वास्थ्यकर्मीलाई आतारसंहिता पालना गर्न कडा चेतावनी

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.