पहिरोका कारण विभिन्न सडक अवरुद्ध
काठमाडौं । पहिरोका कारण पाँचथर, लमजुङ र म्याग्दीका विभिन्न सडक अवरुद्ध भएका छन् ।
पाँचथरको हिलिहाङ गाउँपालिका–२ काबेलीस्थित मेची राजमार्गमा गएराति पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।
लमजुङको मस्र्याङदी गाउँपालिका–८ सिमलचौरस्थित बेसीशहर–मनाङ जाने वैकल्पिक बाटोमा मंगलबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुईठेस्थित बेनी जोमसोम सडकमा सोमबार राति पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । साथै सोही पहिरोका कारण मुस्ताङबाट पोखरातर्फ जाँदै गरेको बा।१३ च ४४४४ नम्बरको स्कारपियो गाडी आंशिक रुपमा क्षति पुगेको छ ।
यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्सेस्थित बेनी–जोमसोम सडकमा सोमबार दिउँसो पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।
पहिरो गएका स्थानमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
