एनसेलले ल्यायो दशैं रिचार्ज बोनस
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले हरेक दिन रु १०० वा सोभन्दा बढीको रिचार्जमा अधिकतम ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन्। यो योजना भदौ २८ गते मंगलबार देखि सञ्चालनमा आएको छ। यो योजनाअन्तर्गत एनसेलका ग्राहकले रु १०० को रिचार्ज गर्दा १ दिन मान्य रहने रु १० बोनस स्वरूप प्राप्त गर्नछन्।
यो योजनाअन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ। यस योजनाअन्तर्गत यदि ग्राहकले एक दिनमा एकैपटक वा पटक–पटक गरी रु १५० रिचार्ज गरेमा रु २० बोनस स्वरुप प्राप्त गर्छन् । प्राप्त बोनस रकम ३ दिनको लागि मान्य रहन्छ । त्यस्तै, ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी रु २०० वा सो भन्दा बढिको रिचार्ज गरेमा ग्राहकले रु ४० बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम सात दिनको लागि मान्य हुन्छ।
यो योजनाअन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन्। प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन्।
आफ्ना ग्राहकका लागि रु १०० वा सोभन्दा बढीको रिचार्जमा बोनस ब्यालेन्स सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ। यस योजनाले ग्राहकलाई चाडवाडको अवसरमा परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन र शुभकामना आदान प्रदान गर्नमा थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

