दशगजा क्षेत्रमा पुरुषको शव फेला
जानकारी केन्द्र
२०७९, भाद्र, २९
काठमाडौं । सप्तरी स्थित नेपाल भारतको दशगजा क्षेत्रमा एक पुरुषको शव फेला परेको छ । बुधबार बिहान करिब साढे ६ बजेको समयमा तिलाठी कोइलाडी गाउँपालिका- १ भन्सार चौकदेखि रामपुर मल्हनिया जाने बाटोको दाहिने साइड कुनौली जाने दशगाजामा करिब ४०र४५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पहाडी मुलको जस्तो देखिने पुरुष व्यक्ति घोप्टो मृतक अवस्थामा रहेको स्थानीयले खबर गरेपछि प्रहरीले घट्नास्थलमा पुगेर लास जाँच मुचुल्का गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार मृतकको हालसम्म सनाखत नभएकाले शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजको शव गृहमा राखिएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
