बालेनको ‘एक्सन’पछि क्यासिनोले बुझाए ८४ लाख रुपैयाँ मनोरञ्जन कर
काठमाडौं । काठमाडौं महानगरपालिकाले ८४ लाख रुपैयाँ मनोरञ्जन कर संकलन गरेको छ । ७ बटा तारे होटलका क्यासिनोलाई मनोरञ्जन कर बुझाउन पत्रचार गरेको भएपनि ४ क्यासिनोले मात्र कर बुझाएका छन् ।
पत्रचार गरेपछि ८४ लाख ३४ हजार ९ सय ३१ रुपैयाँ कर संकलन भएको महानगरपालिकाका राजस्व विभाग प्रमुख डा। शिवराज अधिकारीले बताए ।
उनले भने, ‘सम्पर्कमा नरहेकाको हकमा भने महानगरले कानुनबमोजिम रित पुर्याएर चल अचल सम्पत्तिबाट कर संकलन गर्नेछौं । पत्राचार र सूचना प्रवाह भएपछि कर भुक्तानीमा सकारात्मक अवस्था आएको छ ।’
महानगरपालिकालाई आर्थिक वर्ष २०७५र०७६ देखि बुझाउनुपर्ने मनोरञ्जन कर क्यासिनो तथा फनपार्कहरूले बुझाएका थिएनन् ।
भदौ १९ मा महानगरपालिकाको राजस्व विभागले पत्राचार गरेका म्यारियट होटलको डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलको प्यालेस क्यासिनो, र्याडिसन होटलको क्यासिनो र्याड, हायात होटलको प्राइड इन्टरटेनमेन्टएण्ड रिक्रिएसन, सोल्टी होटलको मायोज इन्टरटेनमेन्ट, एलफ्ट होटलको बाल्को क्यासिनो र मल्ल होटेलको बेली क्यासिनोलाई ७ दिनभित्र कर बुझाउन भनेको थियो । कारोबार दैनिकबाट
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
