Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

पर्यटनमन्त्री श्रेष्ठद्वारा हडपेको संरचना आफैं हटाउने अष्टमानलाई सम्मान

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २९
पर्यटनमन्त्री श्रेष्ठद्वारा हडपेको संरचना आफैं हटाउने अष्टमानलाई सम्मान

काठमाडौं । सरकारी जग्गा हडपेर बनाएको संरचना आफैं हटाउने अष्टमान महर्जनलाई बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले सम्मान गरेका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित सिट नम्बर १०२–११०६–२२ कित्ता नम्बर ४४६ को सरकारी जग्गा हडपेर ५ वटा सटर हाली भाडा खाइरहेका महर्जनले पर्यटनमन्त्री श्रेष्ठले ताकेता गरेपछि आफैं हटाएका हुन् ।

पर्यटनमन्त्री श्रेष्ठ आफ्नो क्षेत्रमा सरकारी जग्गा हडपेर बनेका संरचना हटाउने अभियानमा लागेको लामो समय भएको छ । अष्टमानले वरिपरि सबैले संरचना बनाएपछि आफूले पनि बनाएको र राज्यले आग्रह गरेपछि हटाएको स्पष्टीकरण दिएका छन् । आफ्नो अभियानमा साथ दिएको भन्दै पर्यटनमन्त्री श्रेष्ठले उनलाई खादा ओढाएर सम्मान गरेका हुन् । त्यहीं कित्ताको जग्गा हडपेर सटर हाली भाडा खाने युवराज प्रसाई भने ठूलो कुरा गर्दै बसिरहेका छन् ।

 

इन्द्रकुमार चाम्लिङ, हेमराज घिसिङ डा। राजेश अहिराज झा पनि सरकारी जग्गामा संरचना बनाएर अटेरी गरेर बसिरहेका छन् । उनीहरूले सरकारी जग्गा हडपेर बनाएको अवैध संरचनामा चाँडै डोजर लगाइने पर्यटनमन्त्री श्रेष्ठले स्पष्ट पारेका छन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र पर्यटनमन्त्री श्रेष्ठ देवीनगरमा सरकारी जग्गा हडपेर बनाइएका अनधिकृत संरचनामा डोजर लगाउन अग्रसर भएका छन् ।

 

Top Changing Nepal

युट्युब सट्स