बलात्कारीको हत्या गर्ने किशोरीलाई पाँच वर्ष जेल
काठमाडौँ । आफ्नो कथित बलात्कारीलाई छुरा प्रहार गरी हत्या गर्ने एक अमेरिकी किशोरीलाई आयोवाको एक अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ । अदालतले १७ वर्षीया किशोरी पिपर लुइसलाई सन् २०२० मा डेस मोइनेसमा भएको हत्याका लागि जाँचरी ब्रुक्सको परिवारलाई १ लाख ५० हजार डलर तिर्न पनि आदेश दिएको छ । उनी त्यतिबेला १५ वर्षकी थिइन् । गत वर्ष उनले अनिच्छुक हत्या र जानाजानी चोटको लागि दोषी स्वीकार गरेकी थिइन । दुवै अभियोगमा १० वर्षसम्मको जेल सजाय हुन्छ ।
लुइसलाई मंगलबार पोल्क काउन्टी जिल्ला न्यायाधीश डेभिड एम पोर्टरले सजाय सुनाएका हुन् । न्यायाधीशले उनलाई आवासीय सुविधामा राख्न आदेश दिएका छन, जहाँ उनले ट्र्याकिङ उपकरण लगाउनु पर्छ ।
‘जीवनको अर्को पाँच वर्ष तपाईं असहमत हुने नियम लागू हुनेछ । म पक्का छु’, पोर्टरले भने, ‘तपाईंले मागेको यो दोस्रो मौका हो । तपाईंले तेस्रो मौका पाउनुहुन्न । ’
सन् २०२० मा एक व्यक्तिले उनलाई एउटा घर भित्र लगेर यौनका लागि अरूलाई बेचबिखन गरेको थाहा पाएपछि उनी भागेकी थिइन् । आफूलाई बलात्कार गर्नेमध्ये एक जना ३७ वर्षीय ब्रुक्स पनि भएको उनले अदालतलाई बताएकी छिन् । ब्रुक्सले आफूलाई धेरै पटक बलात्कार गरेको उनले दाबी गरेकी छिन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
