नेपाल दूरसंचार प्राधिकरणले भदौ ३० देखि एमडीएमएस लन्च गर्ने
जानकारी केन्द्र
२०७९, भाद्र, २९
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले यही भदौ ३० गते मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० को सफ्ट लञ्च गर्ने भएको छ ।
यसअघि भदौ २४ गते सफ्ट लञ्च गर्ने बताइए पनि तयारी नपुगेकाले भदौ ३० होटल हिमालय कुपन्डोलमा एक औपचारिक कार्यक्रम गर्दैै प्राधिकरणले यो प्रणालीको सफ्ट लञ्च गर्न लागेको हो ।
सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, सञ्चारसचिव वैकुण्ठ अर्यालसहित प्राधिकरणका अधिकारीको उपस्थिति हुनेछ । नेपालमा गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनधिकृत आयात नियन्त्रण गर्न प्राधिकरणले एमडीएमएस लागू गर्न लागेको हो ।
यो प्रणाली पूर्ण रूपमा लागू भए वैध मोबाइल फोन मात्र पहिचान गर्न सकिने र अवैध मोबाइल फोन प्रयोग निरुत्साहित हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
