मोरबमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासी गरेर ३६ घरपरिवारलाई लालपूर्जा वितरण
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले आज मोरब जिल्लाको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र भूमिहीन दलित गरेर ३६ वटा लालपूर्जा वितरण गर्नु भएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरब मार्फत कानेपोखरी गाउँपालिकाको वडा नं। ६ का २७ भूमिहीन सकुम्वासी र ९ भूमिहीन दलित घरपरिवारलाई मन्त्री श्रेष्ठले लालपूर्जा वितरण गर्नुभएको हो ।
मन्त्री श्रेष्ठले यही वर्षभित्रमा गाउँव्लक, पुनःनापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँव्लकमा लालपूर्जा वितरण गरिसक्ने गरी काम तिब्र पारिएको भन्दै २ वर्षभीत्र भूमिसम्बन्धी सबै खालका समस्या समाधान गरिसक्ने प्रतिवद्धता पुरा गरिछाड्ने बताउनुभयो । मन्त्री श्रेष्ठले भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई लालपूर्जा वितरणको काम भोट माग्ने र राजनीति गर्नका लागि नभई नागरिकलाई संविधानमा लिपिबद्ध गरिएका हक कार्यान्वयनका लागि सरकारले गरिरहेको नियमित काम भएकाले निर्वाचन आचारसंहिताले यसलाई छेक्न नहुने पनि बताउनुभयो ।
मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा गरिब पहिचान गर्ने र पहिचान भएका गरिव तथा विपन्न घरपरिवारलाई राज्यसुविधा परिचयपत्र दिने र राज्यसुविधा परिचयपत्रलाई संविधानमा नै लिपिबद्ध भएको गरिव तथा विपन्न लक्षित सेवा सुविधासँग आवद्ध गर्ने काम अगाडी बढाइएको बताउनुभयो । भएका स्रोत र साधनको समुचित प्रयोग गरी कृषि योग्य भूमिको उत्पादन र उत्पादकत्व
बढाई सहकारी मार्फतायात प्रतिस्थापन गर्ने र संभव भएसम्म निर्यातलाई प्रवद्र्धन गरेर देशमा रोजगारी सिर्जना गरेर गरिवी निवारण गर्ने गरी योजनाबद्ध रुपमा काम गरिरहेको पनि उहाँले बताउनुभयो ।
सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
