एक घन्टा भक्तपुर घुमेर फर्किए चिनियाँ नेता ली, प्राचीन सम्पदाको रुचिपूर्वक अवलोकन
भक्तपुर । नेपाल भ्रमणमा आएका चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शुले बुधबार भक्तपुर भ्रमण गरेका छन् । बिहान सवा ९ बजेतिर भक्तपुर पुगेका उनी एक घन्टा घुमेर काठमाडौ गएका छन् । उनी भक्तपुर नगरको खौमाबाट उनको जम्बो टोलीसहित प्रवेश गरेका थिए ।
उनी त्यहाँंबाट दरबार क्षेत्र हुँंदै टौमढी पाँंचतल्ले मन्दिर पुगेका थिए । उनी त्यहाँंबाट गाडी चढेर भक्तपुरको पुरानो बस्ती हुँंदै च्याम्हासिंह निस्केर त्यहाँंबाट काठमाडौं लागेका थिए ।
अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खौमास्थित भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा स्वागत गरेका थिए। चान्शु सम्मिलित करिब ७० जनाको प्रतिनिधिमण्डलले भक्तपुर दरबार क्षेत्रमा अवस्थित रामेश्वर मन्दिर, द्वारिकानाथ मन्दिर, बसन्तपुर दरबार, केदारनाथ मन्दिर, राष्ट्रिय कला संग्रहालय भवन, लुँ ध्वाका गोल्डेन गेट , पच्पन्न झ्याल दरबार, वत्सला मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिद्धिलक्ष्मी मन्दिर, लापां देग, तब सत्तल, सिलु महादेव मन्दिर, चतुब्रम्ह महाविहारबाट पैदल यात्रा गर्दै टौमढीको पाँचतले मन्दिर र भैरवनाथ मन्दिरको निकै रुचिपूर्वक अवलोकन गरे ।
प्रतिनिधिमण्डल टोलीको स्वागतमा केदारनाथसँगैको डबलीमा भैल प्याखं प्रदर्शन गरिएको थियो । अध्यक्ष चान्शुुले भक्तपुरको सम्पदाहरू अवलोकनबाट आफू प्रभावित भएको बताउँदै भक्तपुरमा स्वागत गरेकोमा भक्तपुर नगरपालिका र सम्पूर्ण जनप्रतिनिधिहरूलाई धन्यवाद दिए ।
उनले चीनमा पनि सयौं वर्ष पुराना संस्कृतिहरू जीवन्त रहेको बताए । लिले भक्तपुरको प्रख्यात भैल प्याखंलाई अत्यन्त चासो दिएर अवलोकन गरेका थिए ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले लि चान्शुलाई भक्तपुरमा स्वागत गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अवसरहरु प्राप्त हुने आशा व्यक्त गरे । चान्शुलाई नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल, बागमती प्रदेश सभा सदस्यद्वय सुरेन्द्रराज गोसाइँ र सृजना सैंजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर जिल्लाका प्रजिअ रुद्रादेवी शर्मा तथा भक्तपुर नगरपालिका कार्यपालिका सदस्यहरुले भक्तपुरमा स्वागत गरेका थिए ।
भ्रमणपश्चात टौमढीको डबलीमा अध्यक्ष ली चान्शुले सांसद सुवाल र नगर प्रमुख प्रजापतिलाई मायाको चिनो प्रदान गरेका थिए भने सांसद सुवाल र प्रमुख प्रजापतिले अध्यक्ष चान्शुलाई ‘मयुरको झ्याल’ र पार्टी तथा नगरपालिकाका प्रकाशनहरू मायाको चिनोको रूपमा प्रदान गरे ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
