Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

नेपाल भ्रमणमा रहेका चिनियाँ नेता ली चान्सु आज स्वदेश फर्किँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, ३०
नेपाल भ्रमणमा रहेका चिनियाँ नेता ली चान्सु आज स्वदेश फर्किँदै

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्कने भएको छ । सोमबार नेपाल आए लगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय भएका ली चान्सु आज स्वदेश फर्कने भएको हो ।

नेपाल भ्रमणको क्रममा लीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । निर्वाचन नजिकिएको बेला चीनबाट भएको यो उच्चस्तरीय भ्रमणलाई नेपाली राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

Top Changing Nepal

युट्युब सट्स