मानिसलाई ठक्कर दिएर भाग्ने सवारीसाधनको पहिचान गरी कारबाही गर्न माग
काठमाडौं । लायन्स क्लब अफ अर्घाखाँचीले आफ्ना सदस्य नवराज बन्जाडे लाई ठक्कर दिएर भाग्ने सवारीसाधनको पहिचान गरी कारबाही गर्न माग गरेको छ । उनको अहिले सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
गत २५ भदौ साँझ घरअगाडि बाटोमा हिँडिरहेका बेला मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बन्जाडेको अहिले प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । कुमको पछाडिपट्टिबाट ठक्कर दिई भागेको मोटरसाइकल र चालकको हालसम्म पहिचान भइसकेको छैन । यद्यपि प्रहरीले भने अनुसन्धानमा स्थानीयबाट अपेक्षित सहयोग पाउन नसकेको गुनासो गरेको छ ।
जिल्ला प्रशासन काार्यालय र जिल्ला प्रहरी कार्यालय पुगेर क्लवका संस्थापक अध्यक्ष हरिप्रसाद भुसालसहित पदाधिकारी तथा सदस्यहरूले घटना भएको लामो समय भइसक्दा पनि दोषी पहिचान नहुनु चिन्ताको विषय भएको भन्दै सक्रियता बढाउन सुरक्षा अधिकारीहरुलाई आग्रह गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र निमित्त प्रहरी प्रमुख कृष्णप्रसाद घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले घटना भएको लामो समय भइसक्दासम्म पनि दोषी पत्ता नलाग्नुमा सुरक्षा निकायको कमजोरी भएको बताए ।
सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
