मानिसलाई ठक्कर दिएर भाग्ने सवारीसाधनको पहिचान गरी कारबाही गर्न माग
काठमाडौं । लायन्स क्लब अफ अर्घाखाँचीले आफ्ना सदस्य नवराज बन्जाडे लाई ठक्कर दिएर भाग्ने सवारीसाधनको पहिचान गरी कारबाही गर्न माग गरेको छ । उनको अहिले सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
गत २५ भदौ साँझ घरअगाडि बाटोमा हिँडिरहेका बेला मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बन्जाडेको अहिले प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । कुमको पछाडिपट्टिबाट ठक्कर दिई भागेको मोटरसाइकल र चालकको हालसम्म पहिचान भइसकेको छैन । यद्यपि प्रहरीले भने अनुसन्धानमा स्थानीयबाट अपेक्षित सहयोग पाउन नसकेको गुनासो गरेको छ ।
जिल्ला प्रशासन काार्यालय र जिल्ला प्रहरी कार्यालय पुगेर क्लवका संस्थापक अध्यक्ष हरिप्रसाद भुसालसहित पदाधिकारी तथा सदस्यहरूले घटना भएको लामो समय भइसक्दा पनि दोषी पहिचान नहुनु चिन्ताको विषय भएको भन्दै सक्रियता बढाउन सुरक्षा अधिकारीहरुलाई आग्रह गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र निमित्त प्रहरी प्रमुख कृष्णप्रसाद घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले घटना भएको लामो समय भइसक्दासम्म पनि दोषी पत्ता नलाग्नुमा सुरक्षा निकायको कमजोरी भएको बताए ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

