• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ बैशाख २०८३, सोमबार
१४ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
  • १८ घण्टा 

नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार
  • १९ घण्टा 

लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए
  • २० घण्टा 

चार्जको झन्झट अन्त्य : ७,००० एमएएच ब्याट्रीसहित अनर एक्स ८ डी फोन अब नेपालमा
  • २१ घण्टा 

बर्लीको बजारमा ह्याट्रिक : १७ कुलर ६ गिजरको सफलतापछि ३ नयाँ शक्तिशाली एयर कुलर सार्वजनिक
  • २३ घण्टा 

प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?
  • १ दिन 

काठमाडौंका तीन शाखा मर्ज गर्दै नबिल बैंक
  • १ दिन 

कक्षा १२ को परीक्षा आजदेखि : ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागी हुँदै, स्मार्ट घडी र मोबाइल लैजान निषेध
  • १ दिन 

लोकप्रिय समाचार

  • १. रमादा बाई विन्धाम इटहरीले मनायो ग्रीन अभियान सहितको पृथ्वी दिवस

  • २. सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट अनिवार्य लागु गर्न सरकारको निर्देशन

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ४. कर छुट नपाए विद्यार्थी भाडा छुट रोकिने सरकारलाई यातायात व्यवसायीको चेतावनी

  • ५. प्रतितोला एक हजार तीन सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

  • ६. २०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैँछ कारोबार ?

  • ८. तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी

  • ९. प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

  • १०. डीएस ग्रुपको ‘क्याच स्पाइसेस’द्वारा जीएआई २०२६ मा सहभागिता जनाउँदै नेपालमा रिटेल तथा होरेका क्षेत्रमा रणनीतिक विस्तारको घोषणा

भरतपुर महानगरले चाडपर्व नजिकिएसँगै बजार अनुगमन थाल्यो

जानकारी केन्द्र २०७९, भाद्र, ३०

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा भरतपुर महानगरपालिकाले संयुक्त बजार अनुगमन थालेको छ।उपभोक्ताको हितलाई ध्यानमा राखी स्वच्छ बजार कायम राख्न महानगरले आफ्नो क्षेत्रभित्र हुने स्थानीय बजारमा अनुगमन थालेको हो। मङ्गलबार नारायणगढ क्षेत्र र बुधबार भरतपुरको बसपार्क क्षेत्रमा अनुगमन गरिएको छ। महानगरको नियमित कार्यक्रमअनुसार नै बजार अनुगमन गरिएको महानगरका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए। मङ्गलबार उनकै नेतृत्वमा बजार अनुगमन गरिएको थियो।

‘हामीले दैनिक नियमित कार्यतालिकाअनुसार बजार अनुगमन गरेका छौँ’, कार्यवाहक नगरप्रमुख अधिकारीले भने, ‘एकपटकलाई सजग गराएर सुध्रिने मौका दिएका छौँ। अर्कोपटक आउँदा फेरि पनि यस्तै गल्ती दोहोरिएको पाइए प्रचलित कानुनबमोजिम कडा कारबाही हुन्छ।’

बुधबार भरतपुरको केन्द्रीय बसपार्कमा रहेका पसलको अनुगमन गरियो। भरतपुर- ९ केन्द्रीय बसपार्कमा रहेको न्यू सन्तोष हेयर कटिङ शैलुन, ज्योति कस्मेटिक एण्ड गिफ्ट सेन्टर, सिजन जनरल स्टोर्स, रचना किराना पसल, आर्जन स्टोर्स, बन्धु भेट फर्मा, विके फेन्सी एण्ड कस्मेटिक, सङ्कल्प फेसन कलेक्सन, एसके फेसन कलेक्सन, पशुपति दूध डेरी, रश्मी मासु पसल, लक्ष्मी प्रोभिजनल, गुरुङ मासु पसल, रोशनी फ्रेस हाउस र अपार कास्की स्टोर्स एण्ड दूध डेरी पसलको अनुगमन गरिएको हो।

अनुगमनका क्रममा दर्ता नवीकरण, बिलबिजक अद्यावधिक र सरसफाइमा ध्यान दिन व्यवसायीलाई सचेत गराइएको छ। यस्तै, म्याद गुज्रेका सामान नष्ट र सम्बन्धित कम्पनीलाई फिर्ता गर्न निर्देशन दिइएको भरतपुर महानगर उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार एकाइ प्रमुख थानेश्वर सापकोटाले जानकारी दिए।

उनले दुई दिनको अनुगमनका क्रममा गत वर्षभन्दा सुधार गरेको पाइएको बताए। ‘अधिकांश पसलले मूल्यसूची राखेको पाइयो, सरसफाइमा पनि तुलनात्मक सुधार भएको छ’, उनले भने। गत वर्ष माछा, मासु र खाद्य पदार्थ नष्ट नै गर्नुपरेको भन्दै उनले यस वर्ष त्यति धेरै समस्या नभेटिएको बताए। बुधबार महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन शाखा प्रमुख श्यामराज देवकोटाको नेतृत्वमा गरिएको अनुगमनमा महानगरपालिकाका सरोकारवाला निकायको सहभागिता रहेको थियो।

मङ्गलबारको अनुगमनका क्रममा मासुमा अखाद्य रङ, आलु प्याजका बोरामा तौल कम, समयावधि सकिएको चामलका बोरा, बिनादर्ता पसल सञ्चालन, तिलको तेलमा मिसावट, बेकरी घिउमा अखाद्य वस्तु मिसाइएको भेटिएको थियो। अनुगमन टोलीले भरतपुर( २ बालकुमारी सब्जी मन्डीमा मुखिया मिट सप्लायर्स, राजकपुर श्रेष्ठको माछा पसल र नेपाल मिट सप्लायर्समा अनुगमन गरेको हो। यस्तै, भरतपुर( ३ को आलु मन्डीमा पनि टोलीले विभिन्न पसलमा अनुगमन तथा निरीक्षण गरेको थियो।

साइराम सब्जी भण्डार, जगदम्बा आलु स्टोर्स, राजलक्ष्मी आलु स्टोर्स र न्यू पशुपति भण्डार तथा भरतपुर(३ आन्नद मार्गमा रहेको मन्जुश्री ट्रेडर्समा पनि अनुगमन गरिएको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बजार अनुगमनलाई थप कडाइका साथ प्रभावकारी बनाएर लैजानुपर्ने बताए।उनले भने, ‘अब महानगर एक्सनमा जान्छ, गल्ती गर्ने व्यवसायीलाई एकपटक सुध्रिने मौका दिन्छौँ। तर, पुनः अर्कोपटक अनुगमनमा आउँदा सुधार भएको नपाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्छौँ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक
नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार
लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए

ताजा

२०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

किङलङको नयाँ १६ सिटर भ्यान : सेग्मेन्टमै पहिलो ब्लेड ब्याट्रीसहित नेपालमा सार्वजनिक

नेप्सेमा सुधारभएसँगै ७.७३ अंकको वृद्धि,४ अर्ब ७३ करोडको सेयर कारोबार

लाइसेन्स छपाइमा तीव्रता : एक महिनामै ११ लाख लाइसेन्स छापिए

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.