शैक्षिक गुणस्तर बृद्धि गर्नेबारे शिक्षा मन्त्री पौडेल र चाँगुनारायणका मेयरबीच छलफल
काठमाडौँ । शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न स्थानीय तहले बिशेष शैक्षिक योजनाहरु ल्याउनु पर्ने बताएका छन् । आज मन्त्री पौडेल र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीबीच भएको भेटवार्तामा उनले स्थानीय तहले आफ्ना पालिका भित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने योजना र त्यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने बताए ।
उनले चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने समेत जनाएका छन् । मन्त्री पौडेललाई नगर प्रमुख खत्रीले चाँगुनारायण इन्जिनियरिङको वर्तमान् अबस्था र समस्याकाबारेमा जानकारी गराएका थिए ।
उनले चाँगुनारायण नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तरमा बृद्धि गर्दै देशकै नमूनाको शैक्षिक गन्तव्य बनाउने अभियान सञ्चालन गरेको बताए । नमूना शैक्षिक गन्तव्य बनाउने नगरपालिकाको अभियानलाई सफल पार्न आवश्यक सहयोग गर्न उनले मन्त्री पौडेललाई आग्रह गरेका छन्
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

