Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

बाबुरामको बालेनलाई सुझावपछि बालेनको उत्तर, ‘।।फुटपाथ बनाउदा पनि सोच्न पर्थ्यो नि’

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, ३१
बाबुरामको बालेनलाई सुझावपछि बालेनको उत्तर, ‘।।फुटपाथ बनाउदा पनि सोच्न पर्थ्यो नि’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईलाई रिप्लाइ दिएका छन् । डा। भट्टराईले काठमाडौं महानगरका अवैध संरचना भत्काउने बालेनको कामलाई प्रशंसा गर्दै फुटपाथ व्यवसायीहरुको व्यवस्थापन गर्न भन्दै सामाजिक सञ्जाल मार्फत् सुझाव दिएका थिए ।

यता मेयर शाहले बाबुरामलाई पनि सामाजिक सञ्जालबाटै आफूले पनि घर भत्काउँदा त्यसबारे सोच्न पर्ने टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो कुरा त हजुरले हजारौको घर भत्काएर फुटपाथ बनाउदा पनि सोच्न पर्थ्यो नि ।’

Top Changing Nepal

युट्युब सट्स