• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, पुष ११, २०८२
शुक्रबार, पुष ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ५. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • ८. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा एक अर्ब २० करोड लगानी गर्ने

  • १०. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

जनकपुरधामका सडक फराकिलोसँगै कालोपत्र

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला फराकिलो र कालोपत्र भएका छन् । जसका कारण पछिल्लो समय जनकपुरधाम बजार क्षेत्रको स्वरुप फेरिएको छ ।

मधेस प्रदेशको राजधानी घोषणा हुनुपूर्वसम्म अतिक्रमण र जीर्ण रहेका नगर क्षेत्रका अधिकांश मुख्य तथा सहायक सडक यतिबेला स्तरोन्नतिसँगै कालोपत्र भएपछि नगर क्षेत्रको स्वरुप फेरिएको हो । “केही वर्षअघिसम्म एकातिर नगर क्षेत्रका अधिकांश सडक अतिक्रमणमा परेका थिए भने अर्कातिर सडकमा ग्राभेल र खाल्डाखुल्डी भएर जीर्ण बनेको थियो”, जनकपुरधाम उपमहानगरपालिका–४ का स्थानीय किशोर झाले भने,“तर अस्थायी राजधानी बनेसँगै अहिले सडक फराकिलो र कालोपत्र भएका छन्, जसका कारण बल्ल आफूहरू प्रदेश राजधानीवासी भएको आभाष भइरहेको छ ।” सडक स्तरोन्नतिसँगै कालोपत्र भएकाले आवतजावतमा सहज मात्र होइन, नगर क्षेत्रको सौन्दर्यसमेत बढको उनको भनाइ थियो ।

सडक हिलाम्मे र धुलाम्मे भएका कारण ठूलो सास्ती भोगेका जनकपुरधाम उपमहानगरपालिकावासी अब भने यो समस्याबाट मुक्त हुँदै गएको स्थानीय विजय यादवले बताए । “वर्षा लागेपछि नगर क्षेत्रका बाटामा हिँड्न पनि समस्या हुन्थ्यो, तर अहिले सडक चिल्ला भएकाले सहजै हिँड्न सक्ने अवस्था भएको”, उनले बताए ।

“सडक साँघुरो र जीर्ण हुँदा कदम चोकबाट रमानन्द चोकसम्म एक घण्टासम्म लाग्थ्यो, तर अहिले १० मिनेट पनि लाग्दैन”, उनले भने, “पहिला सडकको दुरावस्थाका कारण बाहिर जिल्लाबाट आउने मानिस पुनः जनकपुर आउन चाहँदैनथे, तर अहिले सडक सफा र बजार फराकिलो भएपछि बाहिर जिल्लाबाट मानिस आउने क्रम ह्वात्तै बढेको छ ।” यसबाट जनकपुरधामको सौन्दर्यता बढ्नुका साथै पर्यटन प्रवद्र्धनमासमेत ठूलो फाइदा पुगेको उनको अनुभव छ ।

केही वर्षअघिसम्म अतिक्रमणको चपेटामा पर्दै गएको जानकीचोक, रामचोक, पेठिया बजार, कदमचोक, मुरलीचोक, तिरहुतिया गाछी, निधिमार्गलगायतका स्थानमा सडक फराकिलोसँगै कालोपत्र भएका छन् ।

यसैबीच जनकपुरधाम उपमहानगरले आर्थिक वर्ष २०७८÷७९ मा नगर क्षेत्रका करिब नौ किलोमिटर सडक कालोपत्र र अढाइ किलोमिटर सडकमा माटो ग्राभेलद्वारा सडक मर्मत गरेको छ । उपमहानगर योजना शाखाका अनुसार आव २०७८÷७९ मा आठ दशमलव ८१ प्रतिशत सडकमा कालोपत्र गरिएको छ ।

यस्तै ढल निकासका लागि सो आवमा तीन दशमलव ९२ प्रतिशत पक्की नाला निर्माण गरिएको र दुई दशमलव १९ किलोमिटर सडकमा माटो ग्राभेलद्वारा मर्मत गरिएको योजना शाखाका इञ्जीनियर राकेशकुमार यादवले जानकारी दिए ।

त्यस्तै स्वास्थ्य, शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको उपमहानगरले आव २०७८÷७९ मा स्वास्थ्यचौकी र विद्यालय गरी १८ वटा नयाँ भवन निर्माण गरिएको इञ्जीनियर यादवले बताए । नगर क्षेत्रका १० वटा सामुदायिक भवनको मर्मतसम्भार गरी जीर्णोद्वार गरिएको उपमहानगरपालिकाले जनाएको छ । जनतालाई स्वच्छ, शुद्ध खानेपानी पु¥याउने उद्देश्यले सो आवमा नगर क्षेत्रका विभिन्न स्थानमा ४९ वटा चापाकल जडान गरिएको उनले बताए ।

विगतमा फोहर र कुरुप सहरको पहिचान बनाएको जनकपुरधाम नगर क्षेत्रमा पछिल्लो समय यहाँ भएको विकासले जनप्रतिनिधि मात्र होइन, स्थानीयसमेत उत्साहित बनेका छन् । जनप्रतिनिधि र कर्मचारीबीचको तालमेलका कारण नगर क्षेत्रमा परिवर्तनको सङ्केत देखिन थालेको उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले बताए ।

‘‘आफू निर्वाचित भएदेखि सडक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र सरसफाइलाई प्राथमिकतामा राखेर नगरको विकासमा जुटेको छु”, नगरप्रमुख साहले भने, “सडक विस्तार, फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मन्दिरसम्म जाने सहज र फराकिलो बाटो निर्माण, ग्रामीण क्षेत्रका वडामा खुला नालामुक्त अभियान चलाएका छौँ, यसमा कर्मचारीको पनि राम्रै साथ पाएका छौँ ।’’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.