भुवनले बनाएको सल्लाहकार समिति विवादमा
काठमाडौँ । चलचित्र विकास बोर्डको नव गठन सल्लाहकार समिति विवादमा परेको छ । अध्यक्ष भुवन केसीले बिहीबार बोर्डको कार्य सहज बनाउन कलाकार नीर शाहको संयोजकत्वमा गठन गरेको ५ सदस्य सहितको समिति २४ घण्टा नबित्दै विवादमा परेको हो । समितिको सदस्यमा आकाश अधिकारी, रविन्द्र खड्का, विधान कार्की, शोभित बस्नेत र सुशान्त श्रेष्ठ छन् ।
चलचित्र समीक्षक समाजका अध्यक्ष दीपेन्द्र लामा, फिल्म लेखक यज्ञशसहित धेरै फिल्मकर्मीले सामाजिक सञ्जालबाट समितिको आलोचना गरिरहेका छन् । सल्लाहकार समितिमा एकजना महिला पनि नपरेको भन्दै आलोचन भएको हो । नेपाल राष्ट्रले समावेशी सिद्धान्तलाई संविधानत स् अंगिकार गरेपनि बोर्डको सल्लाहकार समिति त्यस्तो हुन नसकेको विषय सामाजिक सञ्जालमा चर्को रुपमा उठिरहेको छ ।
फिल्म निर्देशक तथा समीक्षक समाजका अध्यक्ष दीपेन्द्र लामाले समितिको विरोधमा सामाजिक सञ्जालमा लेखेका छन्, ‘चलचित्र विकास बोर्डले ६ सदस्यीय सल्लाहकार समिति गठन गर्दा एकजना पनि महिला नसमेटेकोमा मेरो विरोध छ । अध्यक्ष भुवन केसीले त यो कुरामा विचार पुर्याएनन्, सल्लाहकार समितिका संयोजक नीर शाहले समेत अनदेखा गर्नुभएकोमा आश्चर्य लागेको छ । कि, कांग्रेसीजनहरुले समावेशीय सिद्धान्त पोलेर खाएका हुन ? ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
