एकै परिवारका आठजना सहित अछाममा पहिरोमा पुरिएर २१ को मृत्यु
धनगढी । सुदूरपश्चिम प्रदेशमा बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले धनजनको क्षति गरेको छ। अछाममा शुक्रबार राति पहिरोमा पुरिएर २१ जनाको मृत्यु भएको छ। पहिरोमा दुईजना बेपत्ता भएका छन्। कैलालीमा बाढीले बगाएर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन्।
अछामको कमलबजार नगरपालिका–६ ठाँडीखाँदमा इन्द्रसिंह कामीको घर पहिरोले पुर्दा एकै परिवारका सातजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।
यसैगरी अछामकै कमलबजार–८ डुङ्लाका खिउरे दमाईको घरमा पहिरो खस्दा परिवारका पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। परिवारका मूली खिउरे घाइते भएका छन्।
त्यस्तै अछामको तुर्माखाँदा गाउँपालिका–५ नाडाका नेत्रबहादुर शाही र रितबहादुर शाहीको घर पहिरोले बगाउँदा आठजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था अज्ञात छ।
जिल्लाकै ढकारी गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा दुई वर्षीय नवीन बुढाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।
यता अविरल वर्षाका कारण आएको बाढीले बगाएर कैलालीको धनगढी उपमहानगरपालिका–१३ झलारी गाउँ बस्ने १९ वर्षीया नवीना चौधरीको मृत्यु भएको छ भने भजनी नगरपालिका–८ का ५५ वर्षीय कालुराम चौधरीलाई मोहना नदीमा आएको बाढीले बगाएको छ।
बाढीले कैलाली र कञ्चनपुरमा १ हजारभन्दा बढी घर डुबानमा पर्नुका साथै सयौं परिवार विस्थापित भएका छन्।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
