टाउको नढाकेको आरोपमा पक्राउ परेकी युवतीको मृत्युको विरोधमा प्रदर्शन, गोली लागेर ५ जनाको मृत्यु, २५० पक्राउ
एजेन्सी । इरानमा प्रहरीको विरोध गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले चलाएको गोली लागेर ५ जनाको मृत्यु भएको छ । प्रदर्शनको क्रममा ८० भन्दा बढी घाइते भएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ ।
यी प्रदर्शनहरू देशको पश्चिमी भाग कुर्दिस्तानमा सुरु भएको थियो । यहाँका जनताले लामो समयदेखि छुट्टै देशको माग गर्दै आएका छन् ।
टाउको नढाकेको भन्दै २२ वर्षीया महसा अमिनीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी महसा कुर्द मूलका थिइन् । हिरासतमा रहँदा उनी कोमामा थिइन् र १६ सेप्टेम्बरमा उनको मृत्यु भयो। यसपछि महिलाहरुको आक्रोश चर्कियो । कुर्दिस्तानका सहरपछि राजधानी तेहरानमा पनि प्रदर्शन भएको छ । हिजाब अनिवार्य सट्टा ऐच्छिक बनाउनुपर्ने महिलाको माग छ ।
८३ वर्षीय खामेनी सन् १९८१ देखि १९८९ सम्म इरानका राष्ट्रपति पनि थिए। उनको नेतृत्वमा सन् १९७९ मा इस्लामिक क्रान्ति भएको थियो ।
कुर्दिस्तानमा मात्र नभई राजधानी तेहरान र देशका धेरै सहरमा खामेनीविरुद्ध प्रदर्शन भइरहेका छन् । महिलासँगै पुरुषको पनि बाक्लो उपस्थिति छ ।
इरानमा विदेशी मिडिया प्रतिबन्धित छ। यहाँ मानिसहरु पुग्न पनि सजिलो छैन । यति हुँदाहुँदै पनि कुर्दिस्तानमा प्रहरी निर्ममताका समाचार बाहिर आइरहेका छन् । सोमबार साँझ इरानको कुर्दिस्तानको महाबाद, दिवान्देरे, साकेज, बुकानलगायत धेरै सहरमा प्रदर्शनकारी र सुरक्षा बलबीच झडप भएको छ । कुर्दिश बहुल सहरहरूमा बजारहरू पनि बन्द छन्।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

